३५हजार डलरको ‘सुशान्त सिंह मेमोरियल फण्ड’ स्थापना

एजेन्सी । भारतीय कलाकार सुशान्त सिंह राजपुतको आज जनवरी 21 तारिक जन्मदिन । आज उनको मृत्यु भए पछि आएको पहिलो जन्मदिन हो । यही अवसरमा उनको एक सपना मृत्यु पस्चात भए पनि पुरा भएको छ । उनले देखेको सपना भारतीय विद्यार्थीले भारतमा साथै अन्य देशमा समेत बिना शुल्क पढ्न पाएको हेर्ने रहर पुरा हुने भएको छ । जसका लागी युनिभर्सिटी अफ क्यालिफोर्नियाले ३५हजार डलरको फण्डको स्थापना गरेको छ । ‘सुशान्त सिंह मेमोरियल फण्ड’ मार्फत अब धेरै विद्यार्थीले पढ्न पाउने भएका हुन् ।

उनकी दिदी श्वेता सिंह किर्तीले सामाजिक सञ्जालमा पोस्ट सार्वजनिक गर्दै उक्त विषयको जानकारी दिएकी हुन् ।  भाइको एक सपना पुरा भएको बताउँदै उनले सुशान्तको यस सम्बन्धी गरिएको पोस्ट समेत सार्वजनिक गरेकी छन् । फोटो पोस्ट गर्दै उनले सुशान्त आफ्नो जीवनको हिस्सा भएको लेखेकी छन् । सुशान्त १४ जुन २०१९मा आफ्नै अपार्टमेन्टमा म्रीत फेला परेका थिए ।

प्रतिक्रिया