‘पठान’ को सेटमा कुटिए निर्देशक आनन्द

भारतीय अभिनेता शाहरुख खानको चलचित्र ‘पठान’को छायाँकन स्थलमा निर्देशक माथी कुटपिट भएको छ । छायाँकन भैरहेको फिल्मको सेटमा निर्देशक सिद्धार्थ आनन्दले मोबाइल लिन प्रतिबन्ध लगाएका थिए ।

निर्देशकको निमय उल्लंघन गरेर एक सहायक निर्देशक मोबाइल सहित सेटमा पुगेका थिए । सेटको निमय पालना नगरेपछि निर्देशक आनन्दले उनलाई सेटबाट निकाले । उनै सहायक निर्देशक सेटबाट बाहिरिएसँगै गाली गालौजमा उत्रिए । निर्देशकले उनलाई सम्झाउन खोज्दा सहायक निर्देशकले निर्देशक आनन्दलाई कुटपिट गरेको बलिउड मिडियाले उल्लेख गरेका छन् ।

यशराज फिल्मस्को ब्यानरमा निर्माण भैरहेको चलचित्रको टिमले यस बिषयमा कुनैपनि जानकारी दिएको छैन । चलचित्रमा शाहरुख खानका अलवा दीपिका पादुकोण, जोन अब्राहम लगायतका कलाकारको अभिनय रहेकोछ ।

प्रतिक्रिया