‘सुन्दरी’ आमालाई अनमोलको शुभकामना

काठमाडौं । चक्लेटी नायक अनमोल केसीले आज आमा सम्झिएका छन् । उनले सामाजिक सञ्जालमा पोस्ट गर्दै आमा सुस्मिता केसीलाई जन्मदिनको शुभकामना दिएका छन् ।

उनले पुरानो तस्विर सार्वजनिक गर्दै शुभकामना दिएका छन् ।

उनी लेख्छन्,’मेरी सुन्दरी ‘मामु’ तपाइलाई जन्मदिनको शुभकामना । सधैँ माया गर्ने छु ।’

बाबुआमाको सम्बन्धमा आएको तिक्तताका कारण उनी बाबु भुवन केसीका साथ बस्दै आएका छन् ।

चलचित्र क्षेत्रमा नै आबद्ध केसी पछिल्लो समय देश बाहिर बस्दै आएकी छन् ।

प्रतिक्रिया