करिश्माको ‘सनक’

काठमाडौं । नायिका करिश्मा मानन्धर भिन्न–भिन्न अभिव्यक्ति दिएर चर्चामा आइरहन्छिन् । बुधबार (आज) पनि नायिका मानन्धरले आफ्नो आधिकारिक सामाजिक सञ्जाल फेसबूकमार्फत् एक राजनीतिक प्रतिक्रिया दिएकी छन् ।

नायिका मानन्धरले बिहान एक स्थिति फेसबूकमा राख्दै कुनै समय सहकार्य गरेका जनता समाजावादी पार्टी नेपालका संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईलाई ‘राजनीतिक संस्कार’बारे प्रश्न गरेकी छन् । नेता भट्टराई आज प्रतिनिधि सभा विघटनविरुद्धको आफ्नो पार्टीको प्रदर्शनलाई सम्बोधन गर्न धनगढी पुगेका छन् ।

त्यसको एक घण्टापछि पुनः उनले लेखेकी छन्, ‘संसद् विघटनको लडाइँ रे । धार त प्रष्ट छ, जनतालाई दिःख दिने ?’  मानन्धरले थप लेखेकी छन्,  ‘राजा ल्याउनुपर्‍यो रे ! र यो विचार चाहिँ कमेन्ट पढेपछि आएको रे !’ यतिले मात्रै पनि करिश्मालाई पुगेको छैन । छोरीको विवादै विवादपश्चात् रिलिज फिल्मको गीत सार्वजनिक गरेर ‘कसैलाई दोष दिन्नँ’ समेत भनेकी छन् ।

सामाजिक सन्जालमा ब्यक्त ‘बोली आँफैलाई गोली’को स्थिती नआओस् है करिस्माजी !

प्रतिक्रिया