गायक रत्न बानियाँको निधन

काठमाडौं । गायक तथा सर्जक रत्न बानियाँको ५८ वर्षको उमेरमा निधन भएको छ । उनको बुधबार बिहान ओम अस्पतालमा मिर्गौलाको समस्याको कारण निधन भएको हो । स्वास्थ्यमा असहज भएपछि मंगलबार अस्पताल लगिएकोमा उनको बुधबार बिहान ३ः३० बजे निधन भएको हो । केही बर्षयता मिर्गौला फेल भएको साथै मधुमेह र रक्तचापको समस्याबाट उनी ग्रसित थिए ।

स्याङ्जा जिल्लाको फेदीखोलामा जन्मिएका बानियाँले सयौं गीतमा स्वर दिएका छन् । उनका जिन्दगी के छ र, मनको वेदना, पोखरा फेवाताल लगायतका अन्य थुप्रै लोकगीत चर्चित छन् । रोइला, सालैजो तथा भजन संग्रह समेत ल्याएका बानियाँ झरना संगीत रेकर्डिङ स्टुडियोका संचालक समेत हुन् ।

प्रतिक्रिया