‘पारस’ छोडेर ‘हिमानी’ ?

काठमाडौं – निर्माता माधव वाग्लेले चलचित्र ‘हिमानी’ निर्माण गर्ने पुन: घोषणा गरेका छन् । यसअघि उनले फिल्म ‘पारस’ का लागि अनमोल केसीलाई अनुबन्धित गरेका थिए । पारस, वाग्लेले नै निर्माण तथा निर्देशन गर्ने भनिएको थियो । चलचित्रको कथामा नै तोडमोड गरेको भन्दै उनले पुरै चलचित्र नै भुवन केसीलाई जिम्मा दिएकाे पनि बताएका थिए ।

फेरी उनले चलचित्र ‘हिमानी’ निर्माण गर्ने भनेर दर्ता गरेका छन् । निर्माता वाग्लेले गत पौष १० गते दर्ता गरेको चलचित्रको ‘हिमानी’ नाम आफ्नै प्रोडक्सन प्रिन्सेस मुभिजको ब्यानरमा दर्ता गरेका छन् । ९० लाखमा निर्माण हुने भनिएको चलचित्रको कलाकारमा निश्चल बस्नेत, स्वस्तिमा खड्का र अर्पण थापाको नाम उल्लेख छ । फिल्मको निर्देशन तथा निर्माण उनी स्वयमले गर्दैछन् ।

चलचित्र ‘लूट’ मा ब्रेक दिएकै कारण निश्चलसँग उनको सम्बन्ध निकट रहेको छ ।

पहिला ‘पारस’ बनाउन नसकेका वाग्लेले ‘हिमानी’बनाउलान् त ? फेरी निश्चलले समेत भर्खरै ‘जिन्दावाद’ निर्देशन गर्ने बताएका छन् ! यसका लागि केही समय कुर्नै पर्ने भएकाे छ ।

प्रतिक्रिया