संविधान जोगाएर मात्र निर्वाचनमा जानुपर्छ : रामचन्द्र पाैडेल

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पाैडेलले संविधान जाेगाएर मात्रै निर्वाचनमा जानुपर्ने बताएका छन् ।

प्रधानमन्त्री केपी शर्मा ओलीले पुस ५ गते प्रतिनिधि सभा विघटन गरी वैशाखमा मध्यावधि निर्वाचन गराएरै छोड्ने दाबी गरिरहेका बेला नेता पौडेलले सो धारणा व्यक्त गरेका हुन् ।

‘७० वर्ष लगाएर बनाएको संविधानमा व्यापक छलफलबाट राखिएको व्यवस्था तीन वर्षमै उल्लंघन गर्न थाल्यौं भने यो संविधान पनि औचित्यहिन बन्‍न सक्छ । लोकतन्त्रको चीरहरण हुँदा काँग्रेस चुप लागेर बस्ने कुरा हुँदैन । त्यसैले, संविधान जोगाएर मात्र निर्वाचनमा जानुपर्छ’, पौडेलले सामाजिक सञ्जालमा लेखेका छन् ।

प्रतिक्रिया