‘तान्डव’ विवाद बढ्दै : भाजपा नेताले दिए उजुरी

एजेन्सी – सैफ अली खानको वेव सिरिज ‘तान्डव’ का विषयमा भारतमा बिवाद बढ्दै गएको छ । सिरिजले हिन्दू देवी-देवताको अपमान गरेको आरोप लागेको छ । विवाद बढ्दै जाँदा सैफको घर बाहिर प्रहरी समेत तैनाथ गर्नुपरेको छ । सैफको घर बाहिरको स्थिती समेटिएको भिडियो सामाजिक सन्जालमा भाईरल भएको छ । जसमा सैफले आफ्नो पहिलेकाे घर नजिकै किनेकाे अर्को नयाँ घरमा प्रहरी सुरक्षाका साथ सामान सार्दै गरेको देखिन्छ ।

बिरोधको कारण
तान्डवको पहिलो सिरिजको पहिलो भागमा कलाकार जिशान अयुव भगवान शिवको अवतारमा देखिएका छन् । विश्वविद्यालयकाे एक नाटकघरको यो सिनमा मन्च संचालक ‘भोलेनाथ केही गर्नुस्, भगवान रामका फलोअर्स त लगातार सामाजिक सन्जालमा बढ्दै गएका छन्’ भन्छन् । यसकाे जवाफमा शिवको अवतारमा देखिएका अयुब ‘म के गरौ त, प्रोफाइलको तस्विर परिवर्तन गरौ ?’ भन्ने जवाफ दिन्छन् । यही बिषयमा हिन्दू समर्थकको बिरोध भईरहेको हो ।

भाजपा नेताले दिए उजुरी
भारतीय जनता पार्टीका केही नेताले सिरिजमार्फत हिन्दूधर्मावलम्बीको धार्मिक भावनामाथि घात भएको आरोप लगाएका छन् । उनीहरुले सिरिज बन्द गर्नु पर्ने माग गरेका छन् । एमएलए राम कदमले निर्मातासहित कलाकार र निर्देशकलाई समेत कडा कारवाही गर्नुपर्ने माग गर्दै घाटकोपर पुलिस स्टेसनमा उजुरी दर्ता गरेका छन् ।

यस्तै, भाजपाका साँसद मनोज कोटकले सुचना तथा प्रसारण मन्त्री प्रकाश जवान्डेकरलाई पत्र लेख्दै सिरिज रोक्न माग गरेका छन् । उनले लेखेका छन,’यस्तो लाग्छ कि तान्डवका निर्माताले जनाजान हिन्दू देवताको मजाक बनाएका छन् र हिन्दू धर्मिक भावनाको अपमान समेत गरेका छन् ।’

प्रतिक्रिया