राष्ट्रिय युवा संघ सुनसरीमा दुई युवालाई महत्वपूर्ण जिम्मेवारी

धरान । नेकपा निटक संगठन राष्ट्रिय युवा संघ, सुनसरीको प्रथम पूर्ण बैठकले सुनसरीका दुई युवालाई विशेष जिम्मेवारी दिएको छ ।

जिम्मेवारी पाउनेहरुमा राष्ट्रिय युवा संघ सुनसरीका संयोजक भुवन याख्खा र राष्ट्रिय युवा संघ इटहरीका संयोजक अभिनाश लिम्बु रहेको छन् । उनीहरुले क्रमशः रुपमा राष्ट्रिय युवा संघ सुनसरी र इटहरी नगरको जिम्मेवारी पाएका हुन् ।

नेकपा केन्द्रीय कमिटी सदस्य तथा सुनसरी इन्चार्ज धर्म निरौला र सह–इन्चार्ज रामकुमारी चौधरीको उपस्थितिमा राष्ट्रिय युवा संघ सुनसरीको जिम्मेवारी बाँडफाड गरिएको हो ।

जसअन्तर्गत राष्ट्रिय युवा संघ सुनसरीको संयोजकमा याख्खा चयन भएका हुन् भने ७१ सदस्यीय कमिटी बनाइएको छ ।

नवगठित सो युवा संघ सुनसरी कमिटीमा इटरहीबाट अभिनाश लिम्बू, नवीन तामाङ, सरोज गिरी, नवीन चौधरी, साजन राई, मनकुमार राई र हेमन्त डुमी राई लगायतका चयन भएका छन ।

त्यस्तै युवा संघको भेलाले राष्ट्रिय युवा संघ इटहरीको संयोजकमा अभिनाश लिम्बुलाई तोकेको छ ।

प्रतिक्रिया