भोज धेरै भएन श्वेता जी ?

‘खान्न खान्न लोकाचार खान थाले मानाचार’ यो उखान पछिल्लो समय फिल्म निर्माता तथा कलाकार श्वेता खड्काको जीवनमा चरितार्थ भएको छ । यही मंसिर २२गते भब्य समारोहका विच दोश्रो विवाह गरेकी श्वेताको विवाह भोज भने डेढ महिना बितिसक्दा समेत रोकिने छाटकाँट देखिएको छैन ।

मेहेन्दी, हल्दी, संगीत लगायतको भारतीय सस्कार पच्छ्याउदै गरिएको उनको विवाहको भोज गनेर नै थाकिने भईयो । विवाह लगत्तै २ परिवारको फरक फरक भोज त ठिकै छ । तर उनी भाेज भतेर खुवाउन रोकिने मुडमा देखिएकी नै छैनन् । हिजो पुन: पत्रकार तथा कलाकारका माझ विवाहको ३८औ दिनमा समेत भब्य भोज आयोजना गरियो ।

श्वेताले अझै कति दिन भोज खुवाउने हुन् ? यो कि त उनलाई थाहा छ कि त उनका पतीलाई । तर काेभिड महामारीकाबिच ३८ दिनसम्म भाेज चलिरहेकाे देख्दा साेध्न मन लागेकाे छ श्वेता जी भोज धेरै भएन र ?

प्रतिक्रिया