ओलीसुर प्रवृत्तिलाई परास्त गर्न थप शक्ति मिलोस् : बाबुराम

काठमाडौं । पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले माघे संक्रान्तिको शुभकामनामा पनि भष्मासुरकै प्रसंग जोडेका छन् । उनले सबै समुदायले उत्साहसाथ मनाउने सांस्कृतिक पर्व माघीरमाघेसंक्रान्तिरमकर संक्रान्तिको उपलक्ष्यमा कलियुगको भष्मासुर परास्त गर्ने शक्ति मिलोस भनी शुभकामना दिएका हुन् ।

जनता समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष समेत रहेको भट्टराईले ट्विटरमार्फत भष्मासुरको रूपमा उदय भएको र आतंक मच्चाइरहेको ओलीसुर प्रवृत्तिलाई परास्त गर्न थप शक्ति मिलोस् भनी शुभकामना दिए ।

प्रतिक्रिया