‘केपीजीले छोड्नु परे कुर्सी भाँचेर मात्रै छोड्छु भन्नुहुन्थ्यो, अहिले त संविधानै भाँच्नुभो’

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले केपी शर्मा ओलीले ताण्डप नृत्य देखाइरहेको बताएका छन् ।

सामान्य व्यक्तिको व्यवहार ओलीकोजस्तो नभएको बताएका अध्यक्ष दाहालले ओलीको कदम सामान्य व्यक्तिको भन्दा फरक भएको बताउँदै ताण्डप नृत्य देखिएको बताएका हुन् । यसैबीच अध्यक्ष दाहालले ओलीले आफूले पद छोड्नुपरे कुर्सी भाँचेर मात्रै छोड्छु भन्दै आएको स्मरण गरेका छन् । ‘केपीजीले पद छोड्नुपरे कुर्सी भाँचेरै मात्रै छोड्छु’, सम्बोधनका क्रममा अध्यक्ष दाहालले भने, ‘अहिले त संविधान नै भाँचेर छोड्नुभयो । उहाँले ताण्डप नृत्यु देखाएरै छोड्नुभयो ।’

यसैबीच अध्यक्ष दाहालले ओलीलाई समाजवाद भन्ने शब्द मनै नपर्ने बताएका छन् । ओलीले तीन पटक पार्टी फुटाउन चाहेको तर, आफूले कुनै पनि हालतमा नदिएको बताउँदै अध्यक्ष दाहालले भनेका छन्, ‘केपीजीले समाजवाद भन्ने शब्दै मन पराउँदैनन् ।’

प्रतिक्रिया