‘सिद्धान्तलाई बिर्सेर पार्टी एकता भएको थिएन’

काठमाडौं । पूर्वप्रधानमन्त्रीसमेत रहेका नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सिद्धान्तलाई बिर्सेर पार्टी एकता नभएको प्रष्ट पारेका छन् ।

बुधबार काठमाडौंस्थित प्रज्ञा भवनमा आयोजित बृहत् कार्यकर्ता भेलालाई सम्बोधन गर्दै अध्यक्ष दाहालले यसबारे प्रष्ट पारेका हुन् । कतिपयले एकता भएको बेला स्पष्ट नभइ एकता भएको बताउने गरेको दृष्टान्त सुनाउँदै अध्यक्ष दाहालले भनेका छन्, ‘हामीले एकताका बेला सिद्धान्त, विचार अनि विधानलाई भुलेर एकता गरेका थिएनौं ।’

यस्तै अध्यक्ष दाहालले आफूहरु कमेडी गरेर जनतलाई प्रज्ञामा उपस्थित नभएको बताएका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीले नौटंकी देखाएको बताउँदै अध्यक्ष दाहालले भनेका छन्, ‘ओलीले नौटंकी देखाउनुभयो । जनतालाई हसाउने काम मात्रै गरिरहनुभएको छ ।’

प्रतिक्रिया