‘अब ओलीले कुर्सीबाट झर्नैपर्छ’

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)की स्थायी कमिटी सदस्य तथा बागमती प्रदेश इन्चार्ज अष्टलक्ष्मी शाक्यले प्रधानमन्त्री केपी शर्मा ओलीले कुर्सीबाट झर्नैपर्ने बताएकी छन् ।

बुधबार (आज) प्रज्ञा प्रतिष्ठानमा आयोजित बृहत् कार्यकर्ता भेलालाई सम्बोधन गर्दै नेतृ शाक्यले यस्तो प्रतिक्रिया दिएकी हुन् ।  ‘ओलीसँग एकरत्ति कम्युनिष्ट सोच छैन’ सम्बोधनका क्रममा नेतृ शाक्यले भनिन्, ‘ओलीले कू गर्नुभयो । अब कुर्सीबाट झर्नैपर्छ ।’

अब ओलीलाई कमरेड भन्न नसुहाउने बताएकी नेतृ शाक्यले भनेकी छन्, ‘ओली अब कमरेड रहेनन् । उहाँसँग कम्युनिष्ट सोच भए पो कमरेड भन्न मिल्छ र ।’ यस्तै नेतृ शाक्यले ओलीले प्रतिगमणकारी कदम चालेको पनि बताएकी छ्न ।

प्रतिक्रिया