प्रचण्डको चेतावनी–‘नाम र चिह्न हाम्रो नभए आँधीहुरी आउँछ’

काठमाडौं । पूर्वप्रधानमन्त्रीसमेत रहेका नेपाल कम्युनष्टि पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पार्टीको नाम र चिह्न आफूहरुको नभए आँधीहुरी आउने बताएका छन् ।

बुधबार काठमाडौंस्थित प्रज्ञा भवनमा आयोजित बृहत् कार्यकर्ता भेलालाई सम्बोधन गर्दै अध्यक्ष दाहालले यस्तो चेतावनी दिएका हुन् ।

अध्यक्ष दाहालले सम्बोधनका क्रममा भनेका छन्, ‘तपाईँहरु ढुक्क रहनुस् । सूर्य चिह्न र नेकपा नाम हाम्रै हुन्छ । कोही कतै आफ्नो अडानबाट विस्थापित नहोऔं ।’

आफूलाई निर्वाचन आयोगसँग भरोसा भएको बताउँदै अध्यक्ष दाहालले विधिसम्मत् आयोगले निर्णय नगरेको खण्डमा आँधीहुरी आउने बताएका हुन् ।

प्रतिक्रिया