ओली नेतृत्वकाे नेकपा जनताको विवेकमाथि भर पर्छ : गोकुल बाँस्कोटा

काठमाडाैं । पूर्व सञ्चारमन्त्री एवम् नेकपा नेता गाेकुल बाँस्काेटाले प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको नेकपा जनताकाे विवेकमाथि भर पर्ने बताएका छन् ।

मंगलबार राति सामाजिक सञ्जाल ट्वीवरमार्फत् उनले साे धारणा राखेका हुन् । बाँस्काेटाले लेखेका छन्- ‘ओली नेतृत्वकाे नेकपा साइबर सेनाकाे टुकडी हाेइन, सम्पूर्ण जनताकाे विवेकमाथि भर पर्छ ।’

यस्तै उनले आफू राज्यको सेनामाथि विश्वास राख्ने बताए । सबैलाई सामाजिक सञ्जाल चलाउने स्वतन्त्रता रहेको बताउँदै पूर्वमन्त्री बाँस्कोटाले कसले-कसलाई समर्थन गर्छ वा लेख्छ त्याे उसकाे स्वविवेक र जवाफदेहिताकाे रहेकाे समेत बताए ।

प्रधानमन्त्री ओलीले संसद विघटन गरेपछि अहिले नेकपा दुई समूहमा विभाजन भएकाे छ । दुवै समूहले सामाजिक सञ्जालदेखि सडक तथा भेला, समाराेहसम्म एक-अर्काकाे टिप्पणी गर्दै आएका छन् । प्रधानमन्त्रीले असंवैधानिक कदम चालेकाे भन्दै उनकाे विराेधमा नेकपाकै नेपाल-दाहाल समूह र प्रतिपक्षी दलहरूले प्रदर्शन गरिरहेका छन् ।

प्रधानमन्त्रीले भने आफूलाई काम गर्न नदिएका कारण संसद विघटन गर्नु परेको दाबी गर्दै आएका छन । उनको सो दाबीमा उनका समर्थकहरुले पनि समर्थन जनाउँदै आएका छन् ।

प्रतिक्रिया