विद्युत जामवालको फिल्म ‘द पावर’ काे ट्रेलर सार्वजनिक

एजेन्सी । बलिउड अभिनेता विद्युत जामवालको फिल्म ‘द पावर’ को ट्रेलर सार्वजनिक भएको छ । फिल्ममा विद्युत जमनसँगै श्रुति हासन मुख्य भूमिकामा रहेका छन् । यो फिल्मलाई निर्देशक महेश मांजरेकरले निर्देशन गरेका हुन् ।

यो फिल्म ९०को दशकको पृष्ठभूमिमा बनेको छ । यसले बदलाको भावना रहेको देखाउँदछ । श्रुतिले पनि यस फिल्ममा एक्शनकाे भूमिका निर्वाह गरेकी छिन् ।

लकडाउनमा रिलीज भएको यो फिल्मलाई दर्शकहरुले धेरै नै मन पराएका थिए । अब उक्त फिल्म जनवरी १४ मा रिलीज हुने भएको छ । विद्युतको लोकप्रियतालाई ध्यानमा राख्दै फिल्म हिन्दीसँगै तमिल, तेलगु र कन्नडमा पनि रिलीज हुने भएकाे छ ।

ट्रेलर यहाँ हेर्नुहोस्:

प्रतिक्रिया