प्रधानमन्त्रीकाे कदमले मुलुक राजनीतिक संकटमा : जसपा अध्यक्ष यादव

काठमाडाैं । जनता समाजवादी पार्टी (जसपा) का अध्यक्ष उपेन्द्र यादवले प्रधानमन्त्री केपी शर्मा ओलीकाे असंवैधानिक, अलाेकतान्त्रिक कदमका कारण मुलुक राजनीतिक संकटतर्फ उन्मुख भएकाे बताएका छन् ।

मंगलबार वीरगञ्जमा आयोजित पत्रकार सम्मेलनमा अध्यक्ष यादवले यस्ताे बताएका हुन् । यी कुराकाे समाधान न्यायलयले नभइ राजनीतिक तवरबाटै हुनुपर्ने उनकाे भनाइ छ । ‘प्रधानमन्त्री ओलीकाे असंवैधानिक कदमका कारण मुलुकमा  राजनीतिक संकट निम्तिएकाे छ । राजनीतिक समस्याको समाधान न्यायलयले गर्न सक्दैन’, उनले भने, ‘प्रधानमन्त्रीको सिफारिसमा भएको उक्त कदमकाे समाधान राजनीतिक रूपमा गर्नु नै उत्तम हुन्छ ।’

यस्तै अध्यक्ष यादवले मध्यावधि निर्वाचनको घोषणा जनताको ध्यान भड्काउन फालिएको तुरुप भएको टिप्पणी समेत गरेका छन् । ओलीकाे नेतृत्वमा हुने चुनावको विश्वसनीयता र निष्पक्षता पनि सम्भव नभएकाे उनी बताउँछन् ।

प्रतिक्रिया