ओली संसद छाडेर भागेका भगौडा हुन् : गगन

नेपाली कांग्रेसका केन्द्रिय सदस्य गगन थापाले प्रधानमन्त्री केपी शर्मा ओली संसद छाडेर भागेको भगौडा भएको टिप्पणी गरेका छन् ।

संसद विघटनको विरोधमा काठमाडौमा भएको प्रदर्शनलाई सम्बोधन गर्दै थापाले प्रधानमन्त्री अ‍ोली क्रान्तिकारी नभएर संसद छोडेर भागेको भगौडा भएको टिप्पणी गरेका हुन् ।

संसदमा सामना गर्न नसकेर प्रधानमन्त्री ओली भगौडा जस्तै भागेको तर युद्ध जितेर आएको जस्तै फूर्ती गरेको टिप्पणी गरे । ‘दशरथ रंगशालाको बक्सिङ रिङमा बक्सिङ खेल्न तयार भएर बसेका छौं । प्रधानमन्त्री बक्सिङ खेल्न आउनुहोला भनेको त त्रिपुरेश्वरबाट भाग्नुभयो । महाबौद्धमा गएर आफैं गोल्डमेडल किन्नु भएछ’, थापाले भने त्यही मेडल लगाएर आफुले बक्सिङ जितेर आएको भन्नुहुन्छ । खेल्नु भएन त भन्दा आएको भए ढालिदिन्थेँ भन्नुहुन्छ ।’

नेता थापाले ओलीलाइ खुलामञ्चमा संविधान पढ्न आउन चुनौती दिए ।

‘कमरेड ओली आउनुस्, खुलामञ्चमा बहस गरौं’, थापाले भने तपाई मैदान छोडेर लुकेर बस्ने सुवास नेम्वाङलाई लिएर आउनुस्, हामी संविधान ढोगेर जारी गर्ने रामवरण यादवलाई लिएर आउँछौं, खुलामञ्चमा जनताको बीचमा संविधान पढौं ।’
र गैर जिम्मेवार कदम पनि भएको बताए ।

प्रतिक्रिया