पार्टीको नाम र सूर्य चिन्ह ओली समूहले नै पाउने ईश्वर पाेखरेलकाे दाबी

काठमाडाैं । उपप्रधानमन्त्री एवम् सत्तारूढ नेकपाका ओली समूहका नेता ईश्वर पोखरेलले केपी ओलीले नेतृत्व गरेको समूह नै आधिकारीक नेकपा भएको दावी गरेका छन् ।

शुक्रबार काठमाडौंमा आयोजित नेकपा ओली समूहको काठमाडौं जिल्ला कमिटीद्वारा आयोजित जनप्रतिनिधि भेलामा बोल्दै नेता पोखरेलले प्रधानमन्त्री ओलीले नेतृत्व गरेको समूह नै आधिकारीक नेकपा भएको दावी गरेका हुन् ।

आधिकारीक नेकपा जसको हुन्छ उसैको सूर्य चिन्ह हुने भएकाले सूर्च चिन्ह आफूहरुको नै हुने बताए । यदि कानूनी रुपमा अल्झो टुङ्गीन बाँकी भएपनि अन्त्यमा ओली समूहले नै पार्टीको नाम र सूर्य चिन्ह पाउने पनि उनले बताए ।

स्थानीय जनप्रतिनिधिहरुलाई सूर्य चिन्ह जता जान्छ त्यतै जाने मनस्थिति नबनाउन पनि आग्रह गरे । सूर्य चिन्ह नपाए पनि अहिलेको पद नजाने भन्दै विभाजित हुने मनस्थिति बनाउन नहुने उनकाे भनाइ छ ।

प्रतिक्रिया