माइतीघरमा नेविसंघद्वारा ‘उल्टो हिँडेर’प्रदर्शन

काठमाडौं । संसद विघटनको विरोधमा प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसकाे विद्यार्थी संगठन नेविसंघले आज (शुक्रबार) काठमाडौंमा प्रर्दशन गरेको छ ।

नेविसंघका  विद्यार्थीले सरकारको असंवैधानिक कदमविरुद्ध काठमाडौंको माइतीघर मण्डलामा उल्टो हिँडेर प्रदर्शन गरेका हुन् । विराेध प्रदर्शनका सहभागीले असंवैधानिक निर्णय फिर्ता गर्न माग गर्दै नारा लगाएका थिए । प्रधानमन्त्रीकाे कमद असंबैधानिक र उल्टाे यात्रा भएकाले उल्टाे जुलुश निकालिएकाे विद्यार्थीकाे भनाइ छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीले पुस ५ गते संसद विघटन गरेकाे विराेधमा नेकपाकाे माधव-प्रचण्ड पक्षसँगै प्रतिपक्षी दलहरूले प्रदर्शन गरिरहेका छन् । आज धनगढीमा समेत उनीविरुद्ध प्रदर्शन भएको थियो ।

 

प्रतिक्रिया