पार्टी एकता अभियान चलाउँछौं : वामदेव गौतम
२०७७ पुस १८ गते

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का उपाध्यक्ष वामदेव गौतमले नेकपा विभाजन भइनसकेको बताएका छन् ।
शुक्रबार राष्ट्रिय सभा बैठकपछि सञ्चारकर्मीको प्रश्नको जवाफ दिँदै गौतमले अझै पनि एकता जोगाउने सम्भावना जीवित रहेको बताएका हुन् । प्रतिनिधिसभा विघटनको मुद्दा सर्वोच्च अदालतमा विचाराधीन रहेको र सर्वोच्चको फैसलाअघि वा पछि पनि एकताको सम्भावना जीवित रहने उनको भनाइ छ ।
अब संगठित रुपमै पार्टी एकता अभियान अगाडि बढाउने उनले जानकारी दिए । आफू अन्तिम विकल्प हुँदासम्म पार्टीलाई एकताबद्ध बनाउन उपाध्यक्ष गौतमको दावी छ । देशभरबाट एकता अभियानको पक्षमा दशौँ हजार नेता कार्यकर्ता आफूसँग रहेको समेत उनले उल्लेख गरे ।
२०७७ पुस १८ गते
प्रतिक्रिया
सम्बन्धित








