सांसद काेमल वली भन्छिन्- नेकपा एउटै छ, जसकाे अध्यक्ष ओली हुन्
२०७७ पुस १७ गते

तस्विर : मकालु खबर/ धनबल राई
काठमाडाैं । प्रधानमन्त्री एवम् सत्तारूढ नेकपाका अध्यक्ष केपी शर्मा ओली नेतृत्वको नेकपाको बृहत् कार्यकर्ता भेला शुरु भएको छ । ललितपुर महानगरद्वारा आयोजित भेलामा गृहमन्त्री रामबहादुर थापा, सांसद काेमल वली, शहरी विकासमन्त्री कृष्णगोपाल श्रेष्ठ लगायत प्रम ओली समूहका नेता/कार्यकर्ताकाे उपस्थिति रहेकाे छ ।
भेलालाई सम्बोधन गर्ने क्रममा सांसद वलीले नेकपा नफुटेकाे तथा यसकाे अध्यक्ष केपी ओली नै रहेकाे दाबी गरिन् । उनले भनिन्- ‘तपाईँहरु भ्रममा नपर्नुस्, यहाँ नेकपा एउटै हो । जसको अध्यक्ष केपी ओली नै हुन् ।’
भेलामा प्रधानमन्त्री स्वयम् पनि उपस्थित हुँदैछन् ।
२०७७ पुस १७ गते
प्रतिक्रिया
सम्बन्धित








