साउथ सुपरस्टार राम चरण कोरोना संक्रमित

एजेन्सी । दक्षिण भारतीय फिल्म उद्योगका सुपरस्टार राम चरण तेजा कोरोना संक्रमित भएका छन् ।

उनले मंगलबार सामाजिक सञ्जाल मार्फत् उक्त कुराको जानकारी गराएका हुन् । कोरोना रिपोर्ट पोजेटिभ आएपछि उनी अहिले घरमै क्वारेन्टाइनमा बसेका छन् । उनले आफूसँग सम्पर्कमा आएका सबैलाई कोरोना टेस्ट गर्न समेत अपील गरेका छन् ।

राम चरणले आफूलाई अहिले कोरोनाको कुनै लक्षणहरू नदेखिएको र घरमै क्वारेन्टाइन बसेको जानकारी दिएका छन् । अब छिट्टै आफ्नो स्वास्थ्य स्थिति बारे जानकारी दिनेसमेत उनले उल्लेख गरेका छन् ।

प्रतिक्रिया