कमल थापाको प्रश्न- ‘छिमेकीले यसरी नै हस्तक्षेप गर्न थाले जनताको निर्णायकत्वको के हाल होला ?

काठमाडौं । राप्रपा अध्यक्ष कमल थापाले नेपालको आन्तरिक मामिलामा विदेशीको हस्तक्षेपमाथि प्रश्न उठाएका छन् । देशमा राजनीतिक संकट गहिंरिदै गएका बेला चिनियाँ टोलीको नेपाल भ्रमणलाई संकेत गर्दै विदेशी प्रभावले राष्ट्रहित नगर्ने बताएका हुन् ।

चिनियाँ र भारतीय राजनीतिक दलहरुले नेपालको राजनीतिमा प्रभाव पार्दा जनताको निर्णायकत्वको के हाल होला भन्दै थापाले प्रश्न गरेका छन् । ‘कम्युनिष्ट पार्टीले झै अन्तरराष्ट्रिय भाईचारा भन्दै भारतीय कंग्रेसले नेपाली कंग्रेस र भाजपाले राप्रपाको आन्तरिक मामिलामा सुझावको आवरणमा दवाव, प्रभाव, हस्तक्षेप दिनथाले नेपालको स्वाभिमान, सार्वभौमिकता, जनताको निर्णायकत्वको के हाल होला ?’ थापाले भनेका छन् ।

नेपाल भ्रमणमा रहेको चिनियाँ कम्युनिस्ट पार्टीको अन्तर्राष्ट्रिय विभागका उपमन्त्री कुओ येचौ नेतृत्वको उच्चस्तरीय टोली नेकपाको शीर्ष नेताहरूसँग भेटवार्ता गरिरहेका छन् । उसले विभाजित नेकपालाई मिलाउन प्रयास गरिरहेको बुझिएको छ ।

प्रतिक्रिया