अहिले निर्वाचन आवश्यक छैन : योगेश भट्टराई

काठमाडाैं । सत्तारूढ नेकपाकाे दाहाल-नेपाल पक्षका नेता याेगेशकुमार भट्टराईले अहिले मुलुकमा निर्वाचन आवश्यक नभएको धारणा राखेका छन् ।

प्रेस सङ्गठन नेपालले नेपालगञ्जमा आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा उनले तत्काल निर्वाचन आवश्यक नभएको  धारणा राखेका हुन् । यस्तै उनले नेपाल-दाहाल समूह एकताकाे पक्षमा रहेकाे भन्दै प्रधानमन्त्री केपी शर्मा ओली सच्चिएर आउनुपर्ने बताए ।

उनले भनेका छन् – ‘दाहाल-नेपाल समूह एकताकै पक्षमा छ । निर्वाचन अहिले मुलुकका लागि आवश्यक छैन ।  प्रतिनिधिसभा विघटनको निर्णय सच्चिनेमा हामी विश्वस्त छाैँ’, उनले भने ।

प्रतिक्रिया