लोकतन्त्रमाथि खेलबाड हुँदा चुप बस्ने हामी मुर्ख कि ओली ?

काठमाडौं । पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले प्रधानमन्त्री केपी ओलीले प्रतिनिधिसभा विघटपछि गरेका गतिविधिप्रति आक्रोश व्यक्त गरेका छन् । निर्वाचित जनप्रतिनिधिको निकाय संसद भंग गरेर सडकबाट मान्छे टिपेर मन्त्रीमण्डल विस्तार गरेको भन्दै उनले आपत्ति जनाएका हुन् ।

प्रधानमन्त्री ओलीले असंवैधानिक ढंगले संसद विघटन र चुनावको घोषणा आफैँ गरेर मन्त्रिपरिषद् पुर्नगठन गर्नु विधि परम्परा विपरित भएको उनको ठहर छ । बाबुरामले ओलीको यो शैलीलाई ज्ञानेन्द्रले गरेको जस्तै भएको टिप्पणीसमेत गरे ।

बाबुरामले ट्वीटरमा लेखेका छन्- ‘आफै असंवैधानिक ढंगले संसद विघटन र चुनावको घोषणा गर्ने अनि सडकबाट मान्छे टिपेर मन्त्रीमण्डल विस्तार र पुनर्गठन गर्ने’ यो कहॉको विधि र परम्परा हो ? सत्ता अकंटक चलाउने ध्येय स्पष्ट भएन र ? ज्ञानेन्द्रले गरेको यै हैन र ? संविधान-लोकतन्त्रमाथि यस्तो खेलबाड हुॅदा चूप बस्ने हामी कि ओली मूर्ख ?’

प्रतिक्रिया