८ जना नयाँ मन्त्री थप्दै प्रधानमन्त्री, कसले-कुन मन्त्रालय सम्हाल्दैछन् ? (नामसहित)
२०७७ पुस १० गते

काठमाडाैं । शुक्रबार साँझ मन्त्रिपरिषद् बैठक डाकिएकाे छ । बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले ८ जना नयाँ मन्त्री थपेर मन्त्रिपरिषद विस्तार गर्ने तयारी गरेका छन् ।
विस्तारित मन्त्रिपरिषदमा प्रम ओलीले आफ्नो समूहमा रहेका पूर्व माओवादी र एमालेतर्फकालाई मिलाएर मन्त्री बनाउन लागेका हुन् । नवनियुक्त मन्त्रीहरूको सपथ आजै राष्ट्रपति कार्यालयमा हुने जानकारी दिइएकाे छ ।
केही मन्त्रीको कार्यविभाजन भए पनि केहीको बाँकी रहेको छ । जसअनुसार उर्जामन्त्रीमा टोपवहादुर रायमाझी, प्रभु साह श्रम, मणि थापा पर्यटन, गौरीशंकर चौधरी शिक्षा, दावा लामा खानेपानी तथा सरसफाइ, विमला विक, प्रेम आले, गणेश ठगुन्ना, लगायतले विभिन्न मन्त्रालयकाे जिम्मेवारी सम्हाल्नेछन् ।
२०७७ पुस १० गते
प्रतिक्रिया
सम्बन्धित








