प्रचण्ड–माधव नेपाल पक्षीय केन्द्रीय समिति बैठकमा ९ एजेण्डा तय

काठमाडाैं । प्रचण्ड–माधव नेपाल समूहको केन्द्रीय समिति बैठकका विभिन्न ९ एजेण्डा तय भएको छ । राजधानीको कार्की बैंक्वेटमा जारी सुरू भएकाे बैठकमा ९ एजेण्डामा छलफल हुने भएकाे हाे ।

आन्तरिक समस्या समाधानबारे प्रस्ताव, आन्तरिक पार्टी विवाद र विकसित राजनीतिक घटनाक्रमका बारेमा अध्यक्ष र अन्यको सम्बोधन, अनुशासनको कारवाही, अनुशासनको कारवाहीबारे आवश्यक निर्णय भइसकेपछि नेतृत्वकातर्फबाट विचार व्यक्त,
कार्ययोजना र कार्यक्रम, विरोध कार्यक्रम, संगठनात्मक कार्ययोजना, कृष्ण बहादुर महरालाई स्थायी कमिटी सदस्यमा मनोनयन र अन्य समसामयिक प्रस्तावका विषयमा छलफल हुने जानकारी दिइएकाे छ ।

यसअघि साेही ठाउँमा साेही पक्षकाे स्थायी कमिटी बैठक बसेकाे थियाे ।

प्रतिक्रिया