ओली पक्षकाे पुनर्गठित केन्द्रीय समितिको विवरण निर्वाचन आयोगमा दर्ता

काठमाडाैं । सत्तारूढ नेकपाले पुनर्गठित तथा विस्तारित केन्द्रीय समितिको विवरण निर्वाचन आयोगमा दर्ता गराएको छ ।

नेकपा अध्यक्ष केपी शर्मा ओली पक्षले एकलौटी ढंगले पुनर्गठन गरेकाे केन्द्रीय समितिको विवरण निर्वाचन आयोगमा दर्ता गरिएकाे हाे । एक घण्टाअघि पत्र दर्ता भएको निर्वाचन आयोगले जनाएकाे छ । विधान संशोधन र केन्द्रीय समिति संख्या हेरफेर लगायतका विषयमा पनि कागजपत्र पनि निर्वाचन आयोगमा ल्याउन लागिएकाे जानकारी प्राप्त भएकाे छ ।

आयोगले पत्रको विवरण भने अहिले खुलाएकाे छैन ।

प्रतिक्रिया