प्रधानमन्त्रीको कदमविरुद्ध चितवनमा विरोध पनि, स्वागत पनि

चितवन । प्रधानमन्त्री केपी शर्मा ओलीले पछिल्लो पटक चालेको कदमप्रति चितवनमा विरोध र समर्थन दुवै भएकाे छ ।

संसद विघटन गर्नु असंवैधानिक रहेको भन्दै नेकपा नेता माधव कुमार नेपाल र प्रचण्ड खेमाले विरोध गरेका छन् भने प्रधानमन्त्री ओली पक्षका कार्यकर्ताहरुले सो कदम बाध्यतात्मक रहेको भन्दै स्वागत गरेका छन् ।

नेकपा अध्यक्ष प्रचण्डको गृह जिल्ला समेत रहेको चितवनमा प्रचण्ड-नेपाल समूहका कार्यकर्ताले विरोध गर्दै कोण सभा नै गरे । यता प्रधानमन्त्री ओली समूहका कार्यकर्ताले दिप प्रज्वलन गरेर उनको कदम प्रति खुशियाली मनाए ।

प्रचण्ड-नेपाल पक्षले चितवनको रत्ननगरमा कोण सभा गरेको थियो भने ओली समूहले खैरहनीको चौबिस कोठिमा दीप प्रज्वलन गरेका थिए । मन्त्री परिषद्ले आइतबार प्रतिनिधि सभा विघटन गर्न सिफारिस गरेपछि राष्ट्रपति विद्यादेवीले विघटन गरेकी थिइन् ।

प्रतिक्रिया