दाहाल–नेपाल पक्षका मन्त्रीहरुलाई राजीनामा दिन निर्देशन

काठमाडौं । नेकपा कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र वरिष्ठ नेता माधवकुमार नेपालले आफूनिकटका मन्त्रीहरुलाई राजीनामा दिन लगाउने निष्कर्षमा पुगेका छन् ।

खासगरी ४ मन्त्रीको बाबजूद प्रधानमन्त्री केपी शर्मा ओलीले संसद विघटनको सिफारिस शीतल निवास पुर्याएपछि दाहाल–नेपाल पक्ष त्यस्तो निष्कर्षमा पुगेको हो ।

नेकपाका एक सचिवालय सदस्यका अनुसार दाहाल र नेपालले संसद विघटनको सिफारिसविरुद्धको प्रतिक्रियास्वरुप आफू निकट रहेका मन्त्रीहरुलाई राजीनामा दिन निर्देशन दिएका हुन् ।

प्रतिक्रिया