मेगा बैंकद्वारा १३.०५ प्रतिशत लाभांश घोषणा 

काठमाडौं । मेगा बैंकले १३.०५ प्रतिशत लाभांश घोषणा गरेको छ ।

आज (बिहीबार) यस बैंकको सञ्चालक समितिको बैठकले हाल कायम चुक्ता पुँजीको १०प्रतिशत बोनस सेयर र कर प्रयोजनसहित ३.०५प्रतिशत नगद लाभांश वितरण गर्ने निर्णय गरेको हो ।

यसर्थ, बैंकले १ अर्ब ३३ करोड २२ लाख ६९ हजार ५४१ रुपैयाँ बराबरको बोनस सेयर बाँड्नेछ । ४० करोड ६३ लाख ४२ हजार २१० रुपैयाँ नगद लाभांश वितरण गर्नेछ ।

बैंकले गत वर्ष ११.७५प्रतिशत नगद लाभांश वितरण गरेको थियो । उक्त लाभांश राष्ट्र बैंक र आगामी साधारण सभाले अनुमोदन गरेपछि लगानीकर्तालाई वितरण गर्नेछ ।

प्रतिक्रिया