१५ लाख लगानीमा बन्यो म्युजिक भिडियो

काठमाडौं । पछिल्लो समय नेपाली म्युजिक भिडियोको क्षेत्रमा पनि लगानी उच्च हुँदै गएको छ । केही बर्ष अगाडिसम्म एक भिडियोका लागी एकदेखि दुईलाख लगानी हुँदा पनि निकै ठूलो लगानी गरेको मानिन्थ्यो तर अहिलेको समयमा भने एक म्युजिक भिडियो साधारण तय ५ लाख देखी १५ लाख सम्म लगानिमा म्युजिक भिडियोहरु बन्न थालेका छन् ।

यसैबीच सोमबार (हिजो) सार्वजनिक गरिएको ‘भीरमा सेती गाई’ बोलको म्युजिक भिडियोमा पनि १५ लाख लगानी लागेको निर्माताहरुको भनाई छ । बिशेषगरी अडियो र भिडियोको काम मात्र सम्पन्न भएर सार्वजनिक हुँदासम्म १५ लाख लगानी लागेको गीतको निर्माता तथा गायक बिरु लामाले बताएका छन् । गीतको अडियोमा मात्र तीन लाख लगानी लागेको लामाले बताए ।

गायक तथा निर्माता लामा भन्छन्–‘हामीले लगानीमा कुनै पनि सम्झौता गरेका छैनौं । सो गीतमा गायिका बिष्णु माझीले स्वर दिएकी छिन् । पछिल्लो समय उनको पारिश्रमीक दुई लाख रहेको कुरा दर्शकलाई थाहा नभएको होइन । अडियोमा प्रयोग भएका बाजाहरुलाई मात्र ५० हजार लगानी लागेको छ, स्टुडियो खर्चदेखि अडियोको सबै खर्च हिसाब गर्दा तीनलाख पुगेको छ ।’

नेपाली लोक तथा दोहोरी गीतको क्षेत्रमा बिशेष गरी ठूलो लगानीमा बनेको भिडियो धेरै छैनन् । अडियो राम्रो भएकाले भिडियोमा पनि त्यहीँ किसिमको लगानी गर्नुपर्ने भएकाले आफूले कुनैपनि कुरामा कमि नगरेको गायक लामाले बताएका छन् । यस्तै गीतका सर्जक शिव हमालले आफ्नो ‘बिग प्रोजेक्ट’ को रुपमा रहेको गीत सार्वजनिक गरेको र बाँकी जिम्मा दर्शककमा छाडिदिएको बताएका छन् । गीतमा बिरुसँगै लोकप्रिय गायिका बिष्णु माझिको स्वर रहेको छ । भने सागर लम्साल बले र रुबिना अधिकारी फिचर्ड छन् ।

गीतको भिडियो तीनदिन लगाएर छायाँकन  गरिएको छ । जसमा काठमाडौंको पाँचतारे होटल याक एण्ड एतिमा एकदिन र पोखरा र अन्य ठाउँ गरेर दुईदिन छायाँकन गरिएको छ । याक एण्ड यति होटलमा एकदिन छायाँंकन गरेको मात्र दुईलाख ७५ हजार रुपैंया लागेको निर्माण टिमले बताइएको छ ।

गीतको भिडियोमा मौसम हिमालीको निर्देशन रहेको छ । भडियो प्रबिन भट्टले सम्पादन गरेका छन् । ‘भिडियोको मात्रै लगानीको कुरा गर्ने हो भने १० लाख लागेको बताइएको छ । बाँकी अडियो र प्रमोशनमा खर्च गरिएको हो ।’

भिडियोका निर्देशक मौसम हिमालीले भन्नुभयो । भिडियोमा देखिएका कलाकारहरुले लगाएको पोशाकको मात्र १ लाख २५ हजार खर्च भएको निर्देशक हिमालीले बताएका छन् । भिडियो शिव हमाल युट्युव च्यानलमा हेर्न सकिन्छ ।

प्रतिक्रिया