नेपालमा वान प्लस रिलन्च गर्दै क्रेटोस टेक्नोलोजिज्

काठमाडौं । स्मार्टफोन जगत्कै सर्वाधिक सफल ब्राण्डको रुपमा लिईने वानप्लस नेपाली बजारमा रिलन्च हुने भएको छ । वानप्लसको फ्ल्यागसिप मोडल वानप्लस एट प्रोका साथमा वान प्लसका प्रिमियम स्मार्टफोनहरु वानप्लस नोर्ड फाईभ जी र वानप्लस नोर्ड एनटेन फाईभ जी समेत नेपाली बजारमा आउने भएको हो ।

वानप्लसका लागि आधिकारीक विक्रेताको रुपमा तोकिएको क्रेटोस टेक्नोलोजिज् प्रा.लि. मार्फत आगामी मंसिर २९ गतेबाट नेपाली बजारमा उल्लेख गरिएका तीन मोडल उपलब्ध हुनेछन् । गतवर्ष वानप्लसले ९० हर्जको फ्ल्युड एमोलेड डिस्प्लेका साथमा आफ्ना नयाँ स्मार्टफोन बजारमा ल्याए सँगै वानप्लसका उपभोक्ताको आकर्षण उल्लेख्यरुपमा बढेको थियो । यसवर्ष फाईभ जि प्रविधि र थप उत्कृष्ट डिस्प्लेका माध्यमबाट वानप्लसले आफ्ना प्रयोग कर्तालाई फाष्ट एण्ड स्मूथ अनूभूती दिलाउन थप सफल रहने विश्वास लिएको छ ।

नेपाली उपभोक्ता माझ निक्कै लोकप्रिय रहेको वानप्लसले क्रेटोस टेक्नोलोजिज् प्रा. लि. लाई नेपालका लागि आधिकारीक विक्रेता नियुक्त गरेसँगै नेपाली बजारमा वानप्लसले सफलताको नयाँ उचाई हाँसिल गर्ने विश्वास गरेको छ । क्रेटोस टेक्नोलोजिज्को देशब्यापी वलियो वितरण संजाल र प्रतिबद्ध विक्री पश्चातको सेवाका माध्यमबाट वान प्लसका उपभोक्ताले थप लाभ हाँसिल गर्न सक्ने अवस्थाको विकास भएको छ ।

वान प्लसका तीनै मोडलका स्मार्टफोनहरु क्रेटोस टेक्नोलोजिज् प्रा. लि. ले मंसिर २९ गतेदेखि बजारमा ल्याउनेछ । अनलाईन प्लेटफर्म दराज तथा सस्तो डिल तथा क्रेटोस टेक्नोलोजिज्का देशभर छरिएर रहेका रिटेल स्टोर मार्फत वान प्लसको प्रि–वुकिङ्ग गर्न सकिनेछ ।

यसरी प्रि–वुकिङ्ग गर्ने ग्राहकमध्ये यसको फ्ल्यागसिप मोडल वानप्लस एट प्रोका ग्राहकहरुले एक वर्षको स्क्रिन ब्रेकेज इन्स्योरेन्स तथा वानप्लस कम्यूनिटी डिस्काउन्ट कार्डसमेत प्राप्त गर्न सक्नेछन् ।

प्रतिक्रिया