पछिल्लो २४ घण्टामा १४ जनाको मृत्यु, ९३६ जना संक्रमित थपिए

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप ९३६ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

यससँगै नेपालमा हालसम्म कोरोना संक्रमितको कुल संख्या २ लाख ५० हजार १ सय ८० पुगेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार मंगलबार १९९६ जना कोरोना संक्रमित डिस्चार्ज भएका छन् । हालसम्म डिस्चार्ज हुनेको संख्या २ लाख ३८ हजार ५ सय ६९ पुगेको छ

|सांकेतिक तस्वीर|

हाल देशभर ९ हजार ८ सय ८१ जना सक्रिय संक्रमित छन् भने ४ सय ५७ जना क्वारेन्टिनमा छन् ।

यस्तै पछिल्लो २४ घण्टामा नेपालमा थप १४ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।

योसँगै देशभर कोरोनाबाट ज्यान गुमाउनेको संख्या १ हजार ७ सय ३० पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

 

प्रतिक्रिया