‘माइतीघरमा आन्दोलन गर्ने वास्तविक किसान होइनन्’

काठमाडौं । चिनी उद्योगीहरुले माइतीघरमा आन्दोलन गरिरहेका उखु किसान वास्तविक किसान नै नभएको आरोप लगाएका छन् । सोमबार उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयमा भएको छलफलमा उद्योगीहरुले मन्त्री लेखराज भट्टलाई माइतीघर मण्डलामा आन्दोलन गर्न आउने व्यक्तिहरु उखु किसान नभएको बताएका हुन् ।

उद्योगीहरुले आन्दोलन गर्न आउने व्यक्तिहरु उखु किसान नभएर विचौलिया भएको बताएको मन्त्री भट्टले जानकारी दिए । विचौलियाहरुले वास्तविक किसानसँग सस्तोमा भौचर खरिद गरी आन्दोलन गर्न आएको उद्योगीहरुले बताएको मन्त्री भट्टको भनाई छ ।

उद्योगीहरुले शुरुमा किसानलाई भुक्तानी दिएर पछि मात्रै विचौलियाहरुलाई भुक्तानी गर्ने बताएको पनि उनले सुनाए । ‘किसानको नाममा आउने, किसानलाई नै ठग्ने प्रकृतिका विचौलियाहरु पनि रहेछन भने उहाँहरुबाटै थाहा पाएँ । सय रुपैयाँको भौचर छ भने ५० रुपैयाँमा किन्ने र यहाँ आएर माइतघिर मण्डलामा बस्ने, किासन संघर्ष समितिको नाममा व्यापार गर्ने कुरो मिल मालिकहरुले भनेको कुरा हो,’ मन्त्री भट्टले भने- ‘त्यो भएर तपाईहरु आफ्नो तर्फबाट अलि अन्वेषण गर्नु पर्‍यो । त्यो के हो भन्ने हामी मन्त्रालयले पनि अध्ययन गरिराखेका छौं ।’

आज गृहमन्त्री रामबहादुर थापाको नेतृत्वमा उद्योग मन्त्रालय र कृषि मन्त्रालय बसेर छफल गरी रणनीति बनाउन लागेको पनि मन्त्री भट्टले बताए ।

प्रतिक्रिया