खुकुरी प्रस्तुत गर्दछ ‘खुकुरी म्युजिक नेसन’

काठमाडौं । खुकुरीले नेपाली संगीतको विरासतलाई निरन्तरता प्रदान गर्न तथा अँग्रेजी नयाँ वर्ष २०२१ को भव्य शुभारम्भ गर्न “खुकुरी म्युजिक नेसन” प्रतियोगिता आयोजना गर्ने घोषणा गरेको छ । यस अभियानमा नेपालका ख्याति प्राप्त स्थापित कलाकारहरुका साथै उदयमान कलाकारहरुको प्रस्तुति रहनेछ, जसले नेपाली संगीत र नेपाली कलाकारहरुको उत्थान, प्रवद्र्धन एवं प्रोत्साहनमा सहयोग पु¥याउनेछन् ।

जसरी हामीमा साँस्कृतिक विविधता छ, त्यसरी नै नेपाल सांगीतिक विविधताको घर पनि हो, जसको कारणले हामी नेपालीहरु त्यसमा गर्व गर्दछौं । हामी पश्चिमा प्रभावलाई नकार्न सक्दैनौ, जसलाई आजका युवा पुस्ताहरुले हार्दिकताका साथ अँगीकार गरेका छन् । अहिले, नेपाली संगीतमा पूर्वी र पश्चिमी संगीतको संयोजन पाइन्छ र यसले गर्दा आज नेपाली संगीत हरेक किसिमका श्रोताहरु माझ पुग्न सफल भएको छ । यसैले खुकुरी रम नेपाली संगतिमा गर्व गर्दछ र यो अभियान मार्फत् नेपाली संगीतको उत्सव मनाउन चाहन्छ ।

खुकुरी रमले आफ्नो वेबसाइट मार्फत् एउटा प्रतियोगिता संचालन गर्नेछ, जहाँ आवेदकहरुले आफू भित्र रहेको साँगीतिक प्रतिभाको भिडियो अपलोड गरेर प्रस्तुत गर्न सक्नेछन् । प्रतियोगिताको निर्णायकहरुमा चर्चित स्टारहरु– विपुल क्षेत्री, समृद्धी राई र सबिन राई (नेपाली लोकप्रिय ब्याण्ड सबिन राई एण्ड द फारोबाट) रहनेछन् । यसरी भिडियो अपलोड गर्ने प्रतिभाहरु मध्येबाट टप १६ प्रतियोगीहरुको नाम यही २०२१ जनवरी १ तारिखमा आयोजना हुने खुकुरी देशको संगीतको प्रत्यक्ष साँगीतिक कार्यक्रमबाट उद्घोष गरिनेछ ।

जनवरी १ तारिखमा सम्पन्न हुने साँगीतिक कार्यक्रममा ख्याति प्राप्त नेपाली कलाकारहरु कबवेब, समृद्धी राई, विपुल क्षेत्री, सबिन राई एण्ड द फारो, द एक्स ब्याण्ड र द इलिमेन्ट्सले पनि प्रस्तुति दिने छन् । हालको कोभिड परिस्थितिको कारणले गर्दा खुकुरी देशको संगीत कार्यक्रममा प्रत्यक्ष उपस्थिति रहने छैन तर यो कार्यक्रम नेपालमै पहिलो चोटी यसप्रकारको कार्यक्रम हुनेछ, जुन बृहत् अनलाइन कन्सर्ट गरेर गरिनेछ र २०२१ फेब्रुअरी २१ मा गरिने घोषणासँगै नेपाली संगीतमा नयाँ नेपाली संगीत स्टारको उदय हुनेछ भनें ती विजेताले रु.११ लाख बराबरको खुकुरी म्यूजिकलसँगको करार प्राप्त गर्नेछ अनि विभिन्न कलाकारहरुको साथमा नेपालमा आफ्नो प्रस्तुतिको अवसर पनि उसलाई हुनेछ ।

यो कार्यक्रमको बारेमा बताउँदै खुकुरी रमको तर्फबाट कार्यक्रम मैनेजर सुश्री श्रीदाशाहले भने “खुकुरी रम नेपाली संगीत र यहाँको साँगीतिक प्रतिभाहरुमा गर्व गर्दछ । हामीले वर्षैभरी विभिन्न सांगीतिक कार्यक्रमहरुको आयोजना गर्नुका साथै त्यस्ता कार्यक्रमहरुलाई साथ दिएका छौं, र खुकुरी देशको संगीत पनि, हामीले उदयमान नेपाली कलाकारहरु लाई उनीहरुको आफ्नो प्रतिभा प्रस्तुत गर्नका लागि एक उपयुक्त मञ्च हुने अपेक्षा राखेका छौं ।

कोभिड–१९ बाट उत्पन्न जटिल अवस्था हामीहरु सबैका लागि कठिन बनेको छ, संगीत उद्योग पनि त्यसको मारमा परेको छ । तर यसो भन्दैमा राम्रो संगीत सिर्जना गर्ने आकाँक्षालाई यसबाट रोकिनु दिनु हुँदैन । यसर्थ, हामी नेपाली कलाकारहरुसँग मिलेर नेपाली संगीतको उत्सवमनाउने दिशामा अग्रसर भएका छौं तर यसपटक परिस्थिति यस्तै भएकोले भर्चुअल विधि अपनाएका छौं ।”

खुकुरी देशको संगीतलाई २०२१ को भव्य एवं विशाल साँगीतिक कार्यक्रम बनाउने तयारी गरिएको छ र यो विभिन्न साँस्कृतिक पृष्ठभूमि बाट आएका थरी थरीका प्रतिभाहरुद्वारा प्रस्तुत हुने संगीतको विभिन्न विधाहरुको एक भव्य शो बन्नेछ । विभिन्न समुदायका व्यक्तिहरुले उनीहरुको संगीतमाउनीहरुको साँस्कृतिक प्रभावलाई कसरी दर्शाउँछन्, नेपाली संगीत कसरी मनाउँछन् र अन्ततः गर्वका साथ नेपालीको उद्घोष कसरी गर्छन् भनेर हेर्न वास्तवमै अभूतपूर्व मज्जा आउनेछ । यो प्रतियोगिता नेपाल लगायत विदेशमा रहेका सबै नेपालीहरुका लागि खुला गरिएको छ ।

प्रतिक्रिया