नेपालबाट भारततर्फ लैजाँदै गरेकी युवतीको उद्धार

कञ्चनपुर । बेलौरी नगरपालिका-६ हात्तीबोझाका विमल रानाकी २० वर्षीया श्रीमती कञ्चन रानालाई भगाएर लैजाने भारतीय नागरिकलाई सशस्त्र प्रहरीले आइतबार पक्राउ गरेको छ । भारतको पिलिभित पुरनपुर बस्ने २२ वर्षका हजिम खानलाई सीमा पक्राउ गरेको हो ।

बेलौरी नगरपालिका-६ नयाँ गाउँस्थित मुख्य सीमास्तम्भ नम्बर ७७६ नजिकबाट भाग्दै गरेका बेला नियन्त्रणमा लिइएको सशस्त्र प्रहरी उपरीक्षक ऐरले बताए । भारतीय नागरिक खानलाई भारतीय एसएसवी जिम्मा लगाइएको छ भने भारतीयसँग भागेर जाने महिलालाई इलाका प्रहरी कार्यालय बेलौरीमा बुझाइएको छ ।

यस्तै नेपालबाट भारततर्फ जाँदै गरेका बाजुरा त्रिवेणी गाउँपालिका-१ की १७ वर्षकी किशोरीलाई सशस्त्र प्रहरीले सीमा नाका डोकबजारबाट उद्धार गरेको छ । उद्धार गरिएकी किशोरीलाई शान्ति पुनस्र्थापन केन्द्र कैलालीमा बुझाइएको छ ।

किशोरीलाई भारततर्फ लैजाने अजुर्न विकलाई पुनस्र्थापन केन्द्रमा बुझाइएको सशस्त्र प्रहरी उपरीक्षक ऐरले बताए । –रासस

प्रतिक्रिया