चलचित्र ‘चिसो मान्छे’ मा अर्पण थापा फाइनल

काठमाडौं । कलाकार अर्पण थापा नयाँ चलचित्र ‘चिसो मान्छे’ मा अनुबन्धित भएका छन् । आज उक्त चलचित्रकी निर्मात्री शर्मिला पाण्डेले उनीसँग कागजी सम्झौता गरेकी हुन् । यो चलचित्रलाई ‘आमा’ चलचित्रका निर्देशक दीपेन्द्र के खनालले निर्देशन गर्नेछन् ।

त्यस्तै नायिका स्वस्तिमा खड्का पनि चलचित्रको मुख्य भूमिकाको लागि फाइनल भएकी छिन् । यो चलचित्रका लागि उनले १८ लाख पारिश्रमिक बुझेको चर्चा छ । चलचित्रको छायाँकन भने स्थिति सामान्यपछि सुरु हुनेछ ।

चलचित्रको स्क्रीप्ट् भने निर्देशक खनालले लकडाउनको समयमा तयार पारेका हुन् । ०७८ साल भदौ ११ गते प्रदर्शनमा आउने उक्त चलचित्रको छायाँकन भने सुदूरपश्चिमका विभिन्न ठाउँहरुमा हुनेछ ।

प्रतिक्रिया