जापानमा एकै दिन अहिलेसम्मकै धेरै कोरोना संक्रमित

टोकियो । एशियाली मुलुक जापानमा कोरोना संक्रमण पुनः बढेको छ । शनिबार एकैदिन अहिलेसम्मकै धेरै कोरोना संक्रमण पुष्टि भएपछि कोरोना संक्रमणको जोखिम झनै बढेको हो ।

जापानको स्वास्थ्य मन्त्रालयका अनुसार शनिबार एकैदिन कम्तीमा तीन हजार कोरोना संक्रमित थपिएका छन् । जापानको राजधानी टोकियोमै यतिधेरै कोरोना संक्रमित भेटिएपनि उच्च स्वास्थ्य सुरक्षा र सावधानी अपनाउन निर्देशन दिइएको छ ।

शनिबार टोकियोसहित केही जिल्लामा गरी तीन हजार कोरोना संक्रमित थपिएका छन् । जापानमा अहिलेसम्म ४६ हजार बढि कोरोना संक्रमित पुष्टि भएको छ । शनिबार टोकियोमा मात्रै ६२१ जना संक्रमित भेटिएको थियो ।

अहिले टोकियोमा सार्वजनिक स्थल, रेष्टुरेन्ट, पसल तथा भिडभाड हुने स्थानहरुमा आवतजावत रोकिएको छ । आन्तरिक यातायातहरु भने यथावत सञ्चालनमा रहेको जापनीज सञ्चार माध्यमले जनाएका छन् ।

प्रतिक्रिया