मकालु खबर
ताजा, शुलभ, निष्पक्ष

‘डान्सिङ्ग विथ दि स्टार्स नेपाल’को ग्राण्ड फिनाले आउँदो शुक्रबार

काठमाडौं । ‘डान्सिङ्ग विथ दि स्टार्स नेपाल’को ग्राण्ड फिनाले आगामी शुक्रबार हुने भएको छ । गत २ असोजबाट शुरु भएको डान्सिङ्ग रियालिटी शो ‘डान्सिङ्ग विथ दि स्टार्स नेपाल’ आगामी शुक्रबार फाइनल हुन लागेको हो ।

शो हरेक शुक्रबार र शनिबार राति ८ बजे हिमालय टेलिभिजनबाट प्रसारण हुँदै आएको छ । शोमा स्टारहरुले सहभागी जनाएर नृत्य गरेको दर्शकले पहिलो पटक हेर्न पाएका थिए । शोमा कलाकार, खेलाडी, गायक–गायिकाहरुले प्रस्तुति दिँदै आएका थिए ।

सेमी फाइनलको अन्मित चरणमा चार टिम प्रियम जोडी (प्रनिका आचार्य र सुगम भुजेल), सुविजु जोडी (विजु पार्की र सुमी मोक्तान), आमोद जोडी (फुलन्देको आमा र प्रमोद भण्डारी र बुद्धिका जोडी (बुद्ध लामा र केबिका खत्री) पुगेका थिए । जसबाट  टिम आमोद भने बाहिरीएको छ ।

योसँगै अब ग्राण्ड फिनालेमा प्रियम, सुभिजु र बुद्धिकाबीच प्रतिस्पर्धा हुनेछ । शोको निर्णायक भूमिकामा अभिनेता दिलिप रायमाझी, अभिनेत्री गौरी मल्ल र कोरियोग्राफर रेनेशा वान्तवा राई रहेका छन् ।

प्रतिकृयाहरु
Loading...
Makalukhabar.com