चेल्सीमाथि एभर्टनको संघर्षपूर्ण जित

काठमाडौं । इङलिश प्रिमियर लिग अन्तर्गत एभर्टनले चेल्सीलाई पराजित गरेको गरेको छ । गएराती सम्पन्न खेलमा एभर्टनले चेल्सीलाई १-० गोल अन्तरले पराजित गरेको हो ।

एभर्टनको जितमा गिल्फी सिगुर्सनले पेनाल्टीबाट गोल गरेका थिए । योहार पछि चेल्सीले लिगको शिर्ष स्थानमा उक्लिए अवसर गुमाएको छ ।

त्यस्तै प्रिमियर लिगमा गएराती नै सम्पन्न म्यानचेस्टर डर्बी बराबरीमा रोकिएको छ । निर्धारित ९० मिनेटको खेलमा म्यानचेस्टर युनाइटेड र म्यानचेस्टर सिटी बिना कुनै गोल बराबरीमा रोकिदै एक एक अंक बाडेका छन् ।

गएरातीको जितपछि एभर्टनको १२ खेलमा २० अंक भएको छ र लिगको सातौ स्थानमा रहेको छ । त्यस्तै चेल्सी हारपछि १२ खेलमा २२ अंकसहित लिगको तेस्रो स्थानमा रहेको छ । त्यसैगरी म्यानचेस्टर युनाइटेडको ११ खेलमा २० अंक रहेको छ भने सिटीको ११ खेलमा १९ अंक रहेको छ ।

प्रतिक्रिया