बलिउड निर्देशक डिसुजालाई हृदयघात

एजेन्सी । बलिउड निर्देशक तथा कोरियोग्राफर रेमो डिसुजालाई अस्पताल भर्ना गरिएकाे छ ।

हृदयघात भएपछि रेमोलाई मुम्बई स्थित कोकोलाबेन अस्पतालमा भर्ना गरिएको हाे । उनको मुटुको एन्जियोप्लास्टी गरिएको छ । शल्यक्रियापछि उनलाई आइसीयूबाट साधारण वार्डमा सारिएको भारतीय सञ्चार माध्यमहरूले उल्लेख गरेका छन् ।

कोरियोग्राफी र निर्देशनका अलावा नृत्यसम्बन्धी टेलिभिजन कार्यक्रममा सकेच व्यस्त रहँदै आएका रेमोकाे अहिले स्वास्थ्य अवस्था स्थिर रहेकाे बताइएकाे छ ।

प्रतिक्रिया