एउटै मण्डपमा आमा र छोरी दुलही !

एजेन्सी । विश्वमा दिनहुँजसाे विभिन्न राेचक दृश्यहरू देख्न र सुन्न पाइन्छ । छिमेकी मुलुक भारतमा पनि यस्ता घटना घटिरहेका हुन्छन् । भारतकाे उत्तरप्रदेश राज्यमा अहिले फेरि अनाैठाे तथा राेचक घटना बाहिरिएकाे छ ।

उक्त राज्यमा मुख्यमन्त्री सामूहिक विवाह योजनाअन्तर्गत एकै मण्डमा आमाछोरीकै बिहे भएकाे छ । आमाछोरीले एकसाथ बेहुली बनेर आ–आफ्नो जीवनसाथीलाई बरमाला पहिर्याएका हुन् ।

गोरखपुरको पिपरौली ब्लकमा आयोजित विवाह समारोहमा ५३ वर्षीय बेलादेवीले आफ्नै देवर जगदीशसँग विवाह गरेकी हुन् भने उनकी छोरी इन्दुले राहुल नाम गरेका युवकसँग विवाह गरेकाे भारतीय सञ्चार माध्यमहरूले उल्लेख गरेका छन् ।

पिपरौली ब्लककै कुरमौल गाउँ निवासी जगदीशका जेठो दाजु हरिहरको निधन करिब २५ वर्ष अघि भएको थियो । पतिको निधनपछि बेलादेवीले दुई छोरा र तीन छोरीको पालनपोषण एक्लैले गरिन् । उनका दुई छोरा र दुई छोरीको विवाह भइसकेको छ भने कान्छी छोरीको विवाह मुख्यमन्त्री सामूहिक विवाह योजना अन्तर्गत सम्पन्न गरिएकाे छ ।

सो समारोहमा ६३ जोडीको विवाह एकसाथ सम्पन्न भएको थियाे ।

प्रतिक्रिया