प्रकाशलाई स्वस्तिमाको जवाफ– बरु बुढा बोकेर हिँडिन्छ तर, अन्तरवार्ता दिन आइन्नँ

काठमाडौं । रंग पत्रकार प्रकाश सुवेदीको चर्चित कार्यक्रम रजतपट पुनः विवादमा परेको छ । पत्रकार सुवेदीले चलचित्र क्षेत्र नखुलेकाे प्रसंगमा कलाकारहरू बेराेजगार भएकाे प्रसंग जाेड्दै नायिका स्वस्तिमाकाे व्यंग्यात्मक शैलीमा मजाग उडाएपछि    उनका समर्थकहरू एकजुट भएर सुवेदीमाथि खनिएका छन् ।

प्रकाशले पछिल्लो एपिसियोडमा भनेका छन्–‘कुनै समय थियो हाम्रा कलाकारहरुलाई भ्याइ नभ्याइ हुन्थ्यो, अलि चलेका कलाकारहरुलाई लिएर फिल्म् बनाउन खोज्दा पनि एक वर्षपछि गएर सोच्नुपर्ने स्थिति थियो । त्यति धेरै व्यस्त थिए हाम्रा कलाकार । डेट लिनै गाह्रो । अहिले त कामधाम छैन्, उहि बुढो बोक्यो हिँड्यो ।’

प्रकाशले यस्ताे अभिव्यक्ति दिएसँगै स्वस्तिमाले बुढो बोकेर हिँडेको भिडियोको क्लिप समेत रजतपटमा देखाइएकाे थियाे । प्रकाशले दिएको उक्त अभिव्यक्तिमा नायिका खड्काले पनि प्रतिक्रिया जनाएकी छिन् । सामाजिक सञ्जाल फेसबुकमा उनले लेखेकी छिन्- ‘बरु बुढा बोकेर हिँडिन्छ तर जति फोन गरेपनि तिम्रोमा अन्तरवार्ता दिन आइन्नँ । फोन नउठाएर सारै रिसाउनु भाको रहेछ । सरी ल !’ निश्चलले पनि स्वस्तिमाकाे प्रतिक्रियामा सहमति जनाउँदै लेखेका छन्–‘बरु बुढा बोकेर हिँडिन्छ तर जति फोन गरेपनि तिम्रोमा इन्टरभ्यु दिन आइन्न ल- भन्छे मेरी बुढी त !’

केहि समय अगाडि त्यसै कार्यक्रमबाट नायिका पूजा शर्मा र दिपाश्री निरौला विवादित बनेका थिए । अहिले फेरि नायिका स्वस्तिमा खड्का विवादमा तानिएकी छिन् । नायिका पूजा शर्माको शारीरिक रुपबारे प्रकाशले अशाेभनीय शब्दले व्यंग्यात्मक रूपमा टिकाटिप्पणी गरेपछि आफूमाथि गरिएको अभिव्यक्तिप्रति आपत्ति जनाउँदै पूजाले नेपाल चलचित्र कलाकार संघ, महिला आयोग र प्रेस काउन्सिलमा उजुरी समेत दिएकी थिइन् । यद्यपी अहिले उनीहरूबीचकाे विवाद मिलिसकेकाे छ ।

प्रतिक्रिया