‘नेशनल ईन्टरटेनमेन्ट अवार्ड-२०२१’ हुँदै, आवेदन फारम खुल्ला

काठमाडौँ । मनोरञ्जन क्षेत्रको सम्पूर्ण विधा समेट्दै ‘नेशनल ईन्टरटेनमेन्ट अवार्ड-२०२१’ हुने भएको छ ।
लामो समयदेखि कोभिड-१९ तथा लकडाउनले गर्दा सुस्ताएको नेपाली मनोरन्जन क्षेत्रलाई चलायमान बनाउन र सांगीतिक तथा सम्पूर्ण मनाेरञ्जन क्षेत्रमा नयाँ आयाम थप्ने उद्देश्यले ‘नेशनल ईन्टरटेनमेन्ट अवार्ड-२०२१’ आयोजना हुने भएको हो ।
अवार्डमा मौलिक, कला, संस्कृति, संगीत, चलचित्र, खेल, कमेडी, फेशन, सौन्दर्य, कस्टमेटिक, टुरिजम एण्ड कल्चर क्षेत्रका व्यक्तित्वहरुलाई सम्मान गर्ने उद्देश्यले मनोरञ्जन तथा संगीतका विभिन्न विधा समेटिने जानकारी दिइएकाे छ ।
उक्त अवार्ड कार्यक्रम आउँदो माघ महिना २०७७ भित्र काठमाडौँमा गरिने आयोजक कमिटिका अध्यक्ष रोशन पोखरेलले जानकारी दिए । उनका अनुसार अवार्ड आवेदनको लागि दर्ता फारम खुलिसकेको छ भने माघ १५ गतेसम्म फारम भर्न सकिन्छ । जसका लागि २०१९ जनवरी देखि २०१९ डिसेम्बर सम्मका गित संगीतहरुलाई समावेश गरिने भएको छ भने नब प्रतिभाको हकमा २०१९ भित्र गित निकालेको हुनुपर्नेछ ।
क्रियटिभ ईन्साइट मिडियाको प्रस्तुति तथा व्यवस्थापनमा हुन लागेको यस अवार्डको अध्यक्ष सञ्चारकर्मी रोशन पोखरेल रहेका छन् भने अवार्ड कार्यक्रमको संयोजक तथा कार्यक्रम निर्देशक सुर्य चन्द रहेका छन् ।








