किन गए शेखर कोइराला नयाँ दिल्ली ?

काठमाडौं । नेपाली कांग्रेसका नेता डाक्टर शेखर कोइराला नयाँ दिल्ली प्रस्थान गरेका छन् । कोइराला बुधबार नयाँ दिल्ली प्रस्थान गरेको उनको सचिवालयले जानकारी दिएको छ ।

कोइरालाको निजी सचिवालयका अनुसार दिल्लीमै बसेर व्यवसाय गर्दै आएका दाजु निरञ्जन कोइरालाको स्वास्थ्य अवस्था बिग्रिएका कारण उनी नयाँ दिल्ली गएका हुन् ।

‘डाक्टर कोइराला नयाँ दिल्लीमा दाई निरञ्जन कोइरालाको स्वास्थ्य अवस्था गम्भीर रहेको भन्ने जानकारीपछि आकस्मिक रुपमा त्यता लाग्नुभएको हो, निरञ्जन दाइलाई कोरोना संक्रमण भएपछि अस्पतालमा उपचारका क्रममा हुनुहुन्छ र उहाँको स्वास्थ्य गम्भीर छ भनेर जानकारी आएको छ” स्वकीय सचिव दिनेश थपलियाले भने ।

डां कोइरालाका सहोदर दाजु निरञ्जन विगत लामो समयदेखि दिल्लीमा व्यवसाय गर्दै आएका छन् । निरञ्जन एक प्रतिष्ठिन व्यवसायीसमेत रहेको बताइएको छ । निरञ्जन कोइराला हाल ७५ वर्षका छन् ।

प्रतिक्रिया