मंसिर २४ गते बुधबार, यस्तो छ आजको पञ्चाङ्ग र राशिफल [भिडियोसहित]

आजको पञ्चाङ्ग
वि.सं.२०७७ साल मंसिर २४ गते । बुधबार । ईश्वी सन् २०२० डिसेम्बर ०९ तारिख । नेपाल संवत् ११४१ । प्रमादी संवत्सर । दक्षिणायन । हेमन्त ऋतु । श्रीशाके १९४२ । मंसिर कृष्णपक्ष । तिथि–नवमी,१२ घडी १५ पला,बिहान ११ बजेर ३८ मिनेट उप्रान्त दशमी । नक्षत्र– उत्तरफाल्गुनी,०७ घडी ४२ पला,बिहान ०९ बजेर ४९ मिनेट उप्रान्त हस्त । योग–आयुष्मान,३५ घडी २२ पला,बेलुकी ०८ बजेर ५३ मिनेट उप्रँन्त सौभाग्य । करण– गर,बिहान ११ बजेर ३८ मिनेट उप्रान्त वणिज,बेलुकी १० बजेर ३५ मिनेट उप्रान्त भद्रा । आनन्दादिमा–प्रवद्र्ध योग । चन्द्रराशि–कन्या । काठमाडौंमा सूर्योदय बिहान ०६ बजेर ४४ मिनेट,सूर्यास्त बेलुकी ०५ बजेर ०७ मिनेट । दिनमान २५ घडी ५७ पला । विश्व भ्रष्टाचारविरुद्ध दिवस ।

आजको बार बेला ।
बिहान ०६ बजेर ४४ मिनेटसम्म लाभ बेला ।
बिहान ६ बजेर ४५ मिनेटदेखी बिहान ८ बजेर ०२ मिनेटसम्म अमृत बेला ।
बिहान ८ बजेर ०३ मिनेटदेखी बिहान ९ बजेर २० मिनेटसम्म काल बेला ।
बिहान ०९ बजेर २१ मिनेटदेखी बिहान १० बजेर ३८ मिनेटसम्म शुभ बेला ।
बिहान १० बजेर ३९ मिनेटदेखी बिहान ११ बजेर ५६ मिनेटसम्म रोग बेला ।
बिहान ११ बजेर ५७ मिनेटदेखी दिउसो १ बजेर १४ मिनेटसम्म उद्वेग बेला ।
दिउसो १ बजेर १५ मिनेटदेखी दिउसो २ बजेर ३२ मिनेटसम्म चर बेला ।
दिउसो २ बजेर ३३ मिनेटदेखी दिउसो ३ बजेर ४९ मिनेटसम्म लाभ बेला ।
दिउसो ३ बजेर ५० मिनेटदेखी बेलुकी ६ बजेर ४९ मिनेटसम्म उद्वेग बेला ।
नोटःशुभकार्य तथा यात्रा गर्दै हुनुहुन्छ भने लाभबेला र अमृतबेलाको समय पार्नुहोला ।

राहुकाल
बिहान ११ बजेर ५५ मिनेटदेखी दिउसो ०१ बजेर १३ मिनेटसम्म रहने ।

आजको राशिफल
मेष(चू,चे,चो,ला,लि,लू,ले,लो,अ) सत्रु लाग्नेछन् भने तथा न्यायिक निर्णहरु तपाईँको पक्षमा नहुने हुनाले मुद्दा मामिलामा सामेल नहुनु होला । बिद्या तथा प्रतिस्पर्धामा अरुभन्दा पछि परिने हुँदा नतिजा अरुकै पोल्टोमा पर्नेछ । स्वास्थ सम्बन्धी समस्या आउने हुँदा दैनिक कामकाज प्रभावित हुनेछ । व्यापार व्यावसायमा घाटा लाग्ने हुनाले लगानि बढाउन केहि समय पर्ख र हेरको रणनीति अपनाउदा राम्रो हुनेछ ।

बृष(ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो) समय राम्रो रहेकोले महत्वपूर्ण ठाउँमा बोली बिक्नेछ । चिन्तन र उपायले काम गर्न सकिनेछ । व्यावसायबाट नाँफा कमाउन सकिने तथा आम्दानीका मार्गहरू खुल्ला रहनेछन् । समाजमा राम्रा काम गर्न सकिने हुनाले मानसम्मानमा बृद्धि हुनेछ । बौद्धिक चिन्तन वा विचारले धेरैलाई आकर्षण गर्न सकिनेछ । प्रशंसकहरू बढ्नेछन् भने प्रेम र प्रणयतर्फ मन आकर्षण हुनेछ । प्रतियोगिता र प्रतिस्पर्धामा विजय हुने योग रहेकोछ ।

मिथुन (का,की,कू,घ,ङ,छ,के,को,हा) कामधन्दा र प्रयासमा ढिलो गरी सफलता पाईने योग रहेकोछ । घरगृहस्थीमा समय खर्चिदा आफन्त तथा परिवारका सदस्य खुशि हुनेछन् । आकस्मिक रूपमा स्वास्थ्यमा समस्या आई खर्च बढ्न सक्छ ध्यान दिनुहोला । डुबेको धन उकास्न दौडधूप गर्नुपर्दा मन खिन्न हुनेछ । राजनीति तथा सामाजिक काममा मन जाने भएपनि जनताको लालोचना होईनेछ ।

कर्कट(ही,हू,हे,हो,डा,डी,डु,डे,डो) हरेक काममा प्रतिस्पर्धीहरु हावी हुनेछन् भने न्यायिक निर्णयहरु तपाईँको पक्षमा नहुने हुनाले मुद्दा मामिलामा सामेल नहुनुहोला । मोजमस्तिमा मन जाने हुनाले अध्ययन तथा अध्यापनमा पछि परिनेछ । प्रेम प्रसङगमा रमाउन चाहनेहरुका आजको दिन उत्तम नहुन सक्छ । खानपानमा ध्यान दिनुहोला सामान्य स्वास्थ्य सम्बन्धी समस्या आउन सक्छ । दाजुभाई तथा छिमेकिसँग सन्तुलित व्यावहार गर्नुहोला मनमुटाव बढ्न सक्छ ।

सिंह (मा,मी,मू,मे,मो,टा,टी,टू,टे) व्यापार व्यावसाय फस्टाएर जाने हुनाले आर्थिक पक्ष सबल रहनेछ । गहना, कपडा वा धातु जोड्ने समय रहेकोछ । मातापिता, मान्यजन वा विशिष्ट व्यक्तिसँग आत्मियता बढ्नेछ । औषधीजन्य तथा खाद्यान्नसँग सम्वन्धीत सामानको खरिद बिक्रीमा वद्धि हुनेछ भने अन्य सामानको व्यापारमा मन्दि आउने तथा घाटा लाग्नेछ । पारिवारिक माहोलमा जमघट भई मिष्ठान्न भोजन ग्रहण गर्ने अवसर प्राप्त हुनेछ ।

कन्या (टो,पा,पी,पू,ष,ण,ठ,पे,पो) सामाजिक काम गर्दा ध्यान दिनुहोला समयमा काम नसकिने तथा मान सम्मान तथा ईज्जत प्रतिष्ठामा दाग लाग्न सक्छ । खानपानमा ध्यान दिनुहोला स्वास्थ्यमा समस्या आउन सक्छ । पढन पाढनमा ध्यान जाने छैन भने बिभिन्न अवसर आएपनि निर्णय क्षमताको अभावले अरुभन्दा पछि परिनेछ । व्यापार व्यावसाय खस्केर जाने हुनाले आम्दानिका स्रोतहरु साघुरिनेछन् । माया प्रेममा धोका तथा घरपरिवारमा आफन्तसँग घरायसि कुरामा राय बाजिनेछ ।

तुला (रा,री,रु,रे,रो,ता,ती,तू,ते) अरुकै काममा समय बित्ने हुँदा आफ्नो काम धाती रहनेछ । खानपानमा ध्यान दिनुहोला स्वास्थ्य सम्बन्धी समस्या आउने तथा औषधी उपचार खर्च बढ्न सक्छ । स्वदेशी व्यापार व्यावसायमा भनेजस्तो आम्दानि गर्न प्रशस्त समय खर्चिनु पर्नेछ भने विदेशमा उत्पादित बस्तुको व्यापार फस्टाएर जानेछ । आफन्त तथा साथिभाईबाट सुनिने अप्रिय समााचारले मन दुखित तुल्याउनेछ । अन्य काममा ब्यास्त रहनाले पढाइ लेखाइमा समय दिन सकिने छैन ।

बृश्चिक(तो,ना,नी,नू,ने,नो,या,यी,यू) प्राकृतिक स्रोत तथा साथनको कारोबारबाट मनग्गे आम्दानी हुनेछ भने आम्दानिका स्रोतहरु फराकिला हुनेछन् । दाजुभाई तथा आफन्तबाट भनेजस्ते सहयोग प्राप्त हुनाले काम गर्न थप सहज हुनेछ । माया प्रेममा सामिप्यता बढेर जाने तथा पति पत्नी बीचको सम्बन्ध झन कसिलो भएर जानेछ । अध्यानमा प्रगति गर्न सकिने हुनाले गुरुवर्गहरु खुसि हुनेछन् । सरकारी धन तथा पैत्रिक धन सम्पती हात लाग्ने योग रहेकोछ ।

धनु (ये,यो,भा,भी,भू,ध,फा,ढा,भे) आट तथा पराक्रम गरी काम गर्नाले सफल हुने समय रहेकोछ । दिगो वा दिर्घकालिन काम प्रारम्भ गर्न सकिनेछ । विशिष्ट व्यक्तिहरूसँग मित्रता बढ्ने तथा राजनीतिमा लाग्नेहरुले पद पाउने योग रहेकोछ । आफ्नो क्षेत्रमा प्रभुत्व जमाउन सकिनेछ । समाजमा राम्रा काम गर्न सकिने हुनाले मान–सम्मानमा बृद्धि हुनेछ । प्रतिष्ठित काम गरेर धेरैको मन जित्न सकिनेछ ।

मकर (भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी) परिवारजनको साथले नयाँ आशा पलाउनेछ भने मित्रताको बन्धन कसिलो हुनुको साथै दाम्पत्य सुखमा रमाउने समय छ । अतिथिका रूपमा सम्मान पाइने छ । छोटो दुरिको रमाइलो यात्रा गर्ने अवसर प्राप्त हुनेछ । विगतको श्रमबाट राम्रै लाभ हुनेछ । सानो प्रयत्नले ठूलो काम सम्पादन हुनेछ । गरेका कामबाट धेरैलाई फाइदा पुग्न सक्छ ।

कुम्भ (गू,गे,गो,सा,सी,सू,से,सो,दा) कष्ट भावमा गोचर गर्ने शुभ चन्द्रमाले कामको चाप र थकाइबाट मुक्त रही विश्राम पाइने छ । परिवारजनको साथले नयाँ आशा पलाउने तथा राम्रा काम गर्न सकिनेछ । माया प्रेम, मित्रताको बन्धन कसिनुका साथै दाम्पत्य सुखमा रमाउने समय छ । अतिथिका रूपमा सम्मान पाइने छ । रमाइलो यात्रा गर्ने अवसर प्राप्त हुनेछ । प्रयत्न गर्दा व्यावसायिक काम सम्पादन हुनेछन् । घरायसी प्रयोजनका सुखसुविधाका सामाग्रीको किनमेल गरिने छ ।

मीन(दी,दू,थ,झ,ञ,दे,दो,चा,ची) माया प्रेममा सामिप्यता बढ्ने तथा दाम्पत्य सम्बन्धमा सुधार हुनेछ । घरपरिवारका सदस्य र साथीभाइसँग मत भन्नता भएपनि अन्त्यमा उनीहरू सकारात्मक देखिने छन् । बालबच्चाबाट सुखसन्तोष प्राप्त हुनेछ । रमणीय र सुखद यात्राको योग छ । जीवनसाथी वा आमाको सल्लाहमा गरिएको काममा सफलता प्राप्त हुनेछ । व्यापार व्यावसायबाट मनग्गने धन आर्जन गर्न सकिनेछ ।

तपार्ईँको दिन शुभ रहोस् ।

  • ज्यो.डिपी उपाध्याय ।

प्रतिक्रिया