मंसिर २३ गते मंगलबार, यस्तो छ आजको पञ्चाङ्ग र राशिफल [भिडियोसहित]
![मंसिर २३ गते मंगलबार, यस्तो छ आजको पञ्चाङ्ग र राशिफल [भिडियोसहित]](https://www.makalukhabar.com/wp-content/uploads/2020/10/banner-Raashifal_makalukhabar.png)
आजको पञ्चाङ्ग
वि.सं.२०७७ साल मंसिर २३ गते । मंगलबार । ईश्वी सन् २०२० डिसेम्बर ०८ तारिख । नेपाल संवत् ११४१ । प्रमादी संवत्सर । दक्षिणायन । हेमन्त ऋतु । श्रीशाके १९४२ । मंसिर कृष्णपक्ष । तिथि–अष्टमी,१७ घडी १० पला,दिउसो ०१ बजेर ३६ मिनेट उप्रान्त नवमी । नक्षत्र–पूर्र्वाफाल्गुनी,१० घडी ५२ पला,बिहान ११ बजेर ०५ मिनेट उप्रान्त उत्तरफाल्गुनी । योग–प्रिती,४२ घडी ३९ पला,बेलुकी ११ बजेर ४७ मिनेट उप्रँन्त आयुष्मान । करण–कौलव,दिउसो ०१ बजेर ३६ मिनेट उप्रान्त तैतिल,रातको १२ बजेर ३९ मिनेट उप्रान्त गर । आनन्दादिमा–धुम्र योग । चन्द्रराशि–सिंह,बेलुकी ०४ बजेर ४७ मिनेट उप्रान्त कन्या । काठमाडौंमा सूर्योदय बिहान ०६ बजेर ४३ मिनेट,सूर्यास्त बेलुकी ०५ बजेर ०७ मिनेट । दिनमान २५ घडी ५८ पला ।
आजको बार बेला ।
बिहान ०६ बजेर ४४ मिनेटसम्म रोग बेला ।
बिहान ६ बजेर ४५ मिनेटदेखी बिहान ८ बजेर ०२ मिनेटसम्म उद्वेग बेला ।
बिहान ८ बजेर ०३ मिनेटदेखी बिहान ९ बजेर १९ मिनेटसम्म चर बेला ।
बिहान ०९ बजेर २० मिनेटदेखी बिहान १० बजेर ३७ मिनेटसम्म लाभ बेला ।
बिहान १० बजेर ३८ मिनेटदेखी बिहान ११ बजेर ५५ मिनेटसम्म अममृत बेला ।
बिहान ११ बजेर ५६ मिनेटदेखी दिउसो १ बजेर १३ मिनेटसम्म काल बेला ।
दिउसो १ बजेर १४ मिनेटदेखी दिउसो २ बजेर ३१ मिनेटसम्म शुभ बेला ।
दिउसो २ बजेर ३२ मिनेटदेखी दिउसो ३ बजेर ४९ मिनेटसम्म रोग बेला ।
दिउसो ३ बजेर ५० मिनेटदेखी बेलुकी ६ बजेर ४९ मिनेटसम्म काल बेला ।
नोटःशुभकार्य तथा यात्रा गर्दै हुनुहुन्छ भने लाभबेला र अमृतबेलाको समय पार्नुहोला ।
राहुकाल
दिउसो ०२ बजेर ३१ मिनेटदेखी दिउसो ०३ बजेर ४९ मिनेटसम्म रहने ।
आजको राशिफल
मेष(चू,चे,चो,ला,लि,लू,ले,लो,अ) बौद्धिक प्रतिस्पर्धामा तपाईँको नाम अग्र पंतिमा आउनेछ भने बैक तथा बित्तिय क्षेत्रमा गरिएको लगानिबाट भनेजस्तो आम्दानि गर्न सकिनेछ । आकस्मिक धन तथा सम्पति लाभ हुने योग रहेकोछ । पढाइ लेखाइमा सोचेजस्तो प्रगति हुने तथा अध्ययनकै सवालमा छोटो दुरिको यात्रा हुनेछ । साझपख खानपानमा ध्यान दिनुहोला सामान्य स्वास्थ्य सम्बन्धी समस्या आउन सक्छ ।
बृष(ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो) घर जग्गा तथा सवारी साधनको कारोबार गर्दा ध्यान दिनुहोला बिचौलियाहरुले फसाउन सक्छन् । सामाजिक काममा समय खर्चिय पनि जनताबाट भनेजस्तो समर्थन पाउन मुस्किल रहेकोछ । साझबाट कृषि तथा पशुपालन व्यावसायमा लगानी गरी आम्दानिका स्रोत बढाउन सकिनेछ । पढाइ लेखाइमा भनेजस्तो नतिजा हात पार्न सकिनेछ । मन परेको मानिसबाट उपाहार प्राप्त हुनेछ ।
मिथुन (का,की,कू,घ,ङ,छ,के,को,हा) राजनीतिक र सामाजिक प्रतिष्ठा कायम राख्न सकिने हुनाले मान सम्मानमा वृद्धि हुनेछ । बन्धुबान्धव र दाजुभाइको सहयोग लिएर राम्रा तथा उत्पादनमूखि काम गर्न सकिनेछ । व्यापारिक वा दैनिक कामहरू सन्तोषजनक ढंगले सम्पन्न हुनेछन् । वैदेशिक सामानको व्यापार, कृषि व्यवसाय र नोकरी गर्नेका लागि सन्तोषजनक समय रहनेछ । आफ्नो भन्दापनी अरुको भलाइका लागि दौडधूप गर्नु पर्नेछ । साझपख आफन्तसँग मनमुटाब बढ्ने योग रहेकोछ ।
कर्कट(ही,हू,हे,हो,डा,डी,डु,डे,डो) भौतिक तथा विलाशी वस्तु प्राप्तीको योग रहेकोछ । कुनै नयाँ ठाउमा लगानीको वातावरण बनाउन सकिनेछ । विशिष्ट व्यक्तित्वसँग भेटघाट र मित्रता बढ्नेछ । पारिवारिक माहोलामा जमघट् भई मिष्ठान्न भोजन तथा परिकार ग्रहण गर्न सकिनेछ । अध्ययनमा मन जाने तथा प्रविधिको सहयोग लिदै निरन्तरता दिन सकिनेछ । नसोचेको ठाउँबाट धनागमको सङ्केत पनि छ । साझपख सरसफाईमा ध्यान दिनुहोला । अत्यावस्यक काममा बाहेक यात्रा नगर्नुहोला ।
सिंह (मा,मी,मू,मे,मो,टा,टी,टू,टे) व्यापार व्यावसायमा सन्तोषजनक बृद्धि हुनेछ । खानपिनका परिकार प्राप्त हुने र भ्रमण, पर्यटन, रमझम तथा सामाजिक काममा सहभागी हुनु पर्नेछ । धार्मिक र सामाजिक काममा मन जानेछ । घरपरिवारबाट साथ सहयोग प्राप्त हुनाले राम्रा काम गर्न सकिनेछ । स्वास्थ्य अनुकूल रहनेछ भने मित्र, परिवार र सहयोगीले साथ दिनेछन् । व्यावसायिक क्षेत्रबाट राम्रै लाभ लिन सकिनेछ । राजनीति तथा समाजसेवामा जनताको काम गरी पद प्राप्त गर्न सकिनेछ ।
कन्या (टो,पा,पी,पू,ष,ण,ठ,पे,पो) व्यापार व्यावसायमा लगानि गर्नको लागी केही समय पर्खनु नै उचित हुनेछ । पति पत्नी बीचको सम्बन्धमा तितोपन देखिने छ । आर्थिक सङ्कटले सताउने तथा दैनिकी कष्टकर नहोला भन्न सकिन्न । समय र नियमको अनुशासनलाई बेवास्ता गर्दा अवसर र लाभबाट बञ्चित होईनेछ । साझपख यात्रासँग सम्बन्धीत काम हुनेछन् भने अध्ययन वा कामको शिलशिलामा विदेशमा हुनुहुन्छ भने समय फलदायी रहनेछ ।
तुला (रा,री,रु,रे,रो,ता,ती,तू,ते) आत्मविश्वास र पराक्रममा वृद्धि हुनेछ भने कलकारखाना र बन्दव्यापारबाट फाईदा हुनेछ । शत्रुमाथी विजय प्राप्त हुनेछ । सामाजिक कामबाट प्रशंसा प्राप्त हुनेछ । धार्मिक तथा सांस्कृतिक सभा समारोहमा सरिक भई आफ्नो प्रश्तुति दिन सकिनेछ । नोकरी तथा राजनीतिमा समय लगानि गर्नेहरुका लागि समय उत्तम रहेकोछ । लाभदायक यात्राको प्रशस्त सम्भावन रहेकोछ । साझपख लामो दुरिको यात्राको तय गर्न सकिनेछ ।
बृश्चिक(तो,ना,नी,नू,ने,नो,या,यी,यू) आस मारेको काम बन्नाले मन प्रशन्न हुनेछ । गोप्य रहस्य पत्ता लगाउन सकिने हुनाले तपाईँको बौद्धिकताको उच्च कदर हुनेछ । उद्योग र व्यापारबाट विशेष फाइदा हुने समय रहेकोछ । प्रतिस्पर्धी तथा काममा अवरोध गर्नेहरु परास्त हुनेछन् । सहयोगीहरूले राम्रै साथ दिनेछन् र काममा सोचेजस्तै सफलता मिल्नेछ । नयाँ काम थालनी गरी राम्रो फाइदा उठाउन सकिने छ । राजनीति तथा समाजसेवामा समय दिनेहरुका लागि समय उत्तम रहेकोछ ।
धनु (ये,यो,भा,भी,भू,ध,फा,ढा,भे) अध्यात्म र दर्शनप्रति मन आकर्षित हुनेछ । प्रेम र भाइचारा जीवन्त तुल्याउने अवसर प्राप्त हुनेछ । मान्यजन र अग्रजको आशीर्वाद प्राप्त हुनेछ । परिवारभित्रै वा छरछिमेकमा सम्पन्न हुने धार्मिक,सांस्कृतिक गतिविधिमा सामेल हुने अवसर जुर्नेछ । सामाजिक क्षेत्रमा सक्रियता बढाई राम्रा काम गर्न सकिनेछ । माया प्रेममा रमाउन चाहनेहरुका लागी समयले साथ दिनेछ । साझपख व्यापारमा मन्दी आउनेछ ।
मकर (भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी) समय मध्ययम रहेकोले राम्रो बोल्दा बोल्दै बोलीको विपरीत अर्थ लगाई आलोचना गर्नेहरु शक्रिय हुनेछन् । शरीर भारी र मन अस्थिर हुन सक्छ । आलस्य र थकानको अनुभूति हुनेछ । बाटो काट्दा वा भौतिक सम्पतीको प्रयोग गर्दा ध्यान दिनुहोला । परिवारका सदस्य वा नजिकैको साथीसँग घरायसि कुरामा राय बाजिनेछ । साझपख समय उत्तम रहेकोले धार्मिक तथा शैक्षिक यात्रा हुनेछ ।
कुम्भ (गू,गे,गो,सा,सी,सू,से,सो,दा) आफन्त तथा जीवनसाथीसँग असमज्दारी बढ्नाले केही महत्वपूर्ण कामहरु रोकिन सक्छ ध्यान दिनुहोला । रमाईलो यात्राको अवसर जुर्ने भएपनी आफ्नै कमी कमजोरिले समयमा गन्तब्यमा पुग्न कठिन रहेकोछ । अन्य काममा व्यास्य हुँदा अध्ययन अध्यापन अधुरै रहनेछ । एकल तथा साझेदारी व्यापार व्यावसायमा फस्टाएर जाने भएपनी साझेदारहरु बीच मनमुटाव बढ्ने योग रहेकोछ । माया प्रेममा आत्मियताको कमी हुने तथा मनमुटाव बढ्नेछ ।
मीन(दी,दू,थ,झ,ञ,दे,दो,चा,ची) अध्ययन तथा अध्यापनको क्षेत्रमा तपाईको बलियो पकड रहनेछ । सत्रुहरुलाई परास्त गर्दै कामहरु गर्न सकिनेछ । माया प्रेममा सामिप्यता बढ्नेछ भने पति पत्नी बीच मायाको डोरो कसिलो भएर जानेछ । व्यावसायमा लगानी बढाई आम्दानिका स्रोतहरु बढाउन सकिनेछ । पुरानो रोग तथा समस्याहरु स्वत ठिक भएर जानेछन् । मामा तथा मावलिबाट तपाईँको काममा सहयोग हुनेछ ।
तपार्ईँको दिन शुभ रहोस् ।
- ज्यो.डिपी उपाध्याय ।








